~मन्दिरा कोइराला ‘मधुश्री’~
—
गजराज मदमस्त कसको चाल आयो ?
सुशान्त मनमा लहरिँदै छाल आयो !
नयनको एक चुम्बनले घाइते भो मुटु
व्यर्थै यी नजरलाई झूटो अवगाल आयो ।
आत्मीयताको स्पर्शमा सजल भए आँखा
सौगातस्वरूप कसको यो रुमाल आयो ?
मधुरस पिउनमा मस्त थियो मधुकर
लुक्यो घाम र्समाएर क्षितिजमा लाल आयो ।
उन्मुक्त भई एकफेरा ‘मधुश्री’मा रमाउन
हिउँ घुम्टो फ्याँकी र्समाउँदै हिमाल आयो ।।
– खनार ४, सुनसरी, फोनः ०२५ ५८०३९१
श्रीमती मधुश्रीका प्रशस्त फुटकर गीत र गजलहरू प्रकाशित भएका छन्।
(स्रोत : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )