~इलामेली टीकाराम दुलाल~
कहिले मलाई पुर्याउछ खै गन्तव्यको शिखरमा
अनि म नि बस्न पाउछु त्यो सुन्दर आफ्नै घरमा
सपना देख्न कुनै करनै लागे भ्याटनै लागे हुने
नलागेरै होला हजारौ सपना देख्छु यो शहरमा
आखा चिम्लेर देखेको सपना खोल्दा विलाउछ
के छ र मसंग भन्दै बस्छु शुन्य शुन्य छु जागरमा
कल्पनालेनै संसार लिन्छु संसार दिन्छु अरू त के
तर चल्दो रैछ गाठे यो संसार नोट नोटकै भरमा
समय बलवान छ मलाई डोहोराउछ भन्दा भन्दै
जिन्दगीनै ढल्किदैछ सुख दु:खको सदर बदरमा
इलामेली टीकाराम दुलाल
२०७५/०६/०२ रोज ३
किर्तीपुर काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )