गजल : ऊ जितेर गई या

~पुरुषोत्तम ढुङ्गेल~

ऊ जितेर गई या हारेर गई
नतिजा आफैं तिर पारेर गई
हिजो निम्ता दिई बस्न दिलमा
आज काँडे तारले बारेर गई

प्रीतको एउटा फूल थियो बँगैचामा
आकाशबाट असिना झारेर गई
बाँच्दै त थिएँ घाएल नै भएपनि
मुस्कानको छुरा रोपी मारेर गई

रोपेर प्रेमको फूल यो मेरो मनमा
हुर्काई अन्तै सारेर गई
पर्खिँए मनको ढोका उघारी
ऊ भोलि भन्दै टारेर गई

शब्द : पुरुषोत्तम ढुङ्गेल
सङ्गीत : चण्डी प्रसाद काफ्ले
स्वर : राज सिग्देल
सङ्गीत संयोजन : गोपाल रसाइली
एलबम : गुरु

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.