~शून्य प्रकाश~
सयौं जुनी होईन एउटै जुनी दिए पुग्छ ।
वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ ।।
प्वाँख देउ पंक्षी जस्तै उड्न पाउँ भन्दिन म ।
पिँजडामा उनिसङ्गै थुनिदिए पुग्छ ।।
स्वर्ग कसले देख्या छ र, भोलिको भर हुन्न भन्छन ।
यही धर्ती यही आकाश मुनि दिए पुग्छ ।।
शब्द : शून्य प्रकाश
सङ्गीत/स्वर : शिव परियार
सङ्गीत संयोजन : साहस शाक्य
एलबम : कथाले मागेपछि