कविता : मेरो मनको आवाज

~रोमी गिरी~

“म” बाट महिलावाद
नेपालमा महिलाको प्रजनन स्वास्थ्य
सिचुएसन छ अलि स्याड !

मेरो मनको आवाज
आज केहि भन्दै छ
कोहि सुनी दिने हो यो आवाज !!

आमाको भूर्णमा हुँँदा
मलाई छोरी भनि नमारियोस् !
काखे शिशु हुँँदा
मेरो यौनाङ्ग पापी पिपासुद्धारा
छेद—विछेद नगराइयोस् !!

हुर्कंदै जाँदा
श्रिरका केहि चुच्चा—चाच्चि देखेर
मलाई वाल—विवाह गरि नअन्माइयोस् !
घरकै काम—भार खेप्न गाह्रो छ
कच्चा छु आफै, बच्चा पाउन कर न—लगाइयोस् !!
जीवनमा अझै धेरै छ गर्नु
प्रसुति वेथा पाइ, मेरो ज्यान गुमाउन न—लगाइयोस् !!!

महिनावारी हुँदा
अछुत भनि फोहोर—मैला जस्तै
कोठा अनि घर निकाला न—गरियोस् !
मनको घाउ खै कसले देख्छ र
आफै प्रति घृणा गर्ने न—तुल्याइयोस् !!
हो यो प्राकृतिक नियम
कु—संस्कार कु—विश्वास मानि
छोरी—चेलीलाई रोग न—दिइयोस् !!!

मलाई बरु
सानो हुँदा विचार पुर्‍याइयोस् !
अलि बुझ्ने भएपछि
“नाई” अनि “हुन्न” भन्न सिकाइयोस् !!
कलिला हात पढ्नका लागि हुन्
विवाहगरी घर धान्न होइन भनियोस् !
अपरिपक्क शरिरले
बच्चा जन्माए आमा—शिशु दुवैको
स्वास्थ्य क्षति भनि सिकाइयोस् !!

बरु मलाई
आफनै शरिर बारे पढाइयोस् !
अहँ स्कुलमा राम्ररी सिकाइन्न
मेरो यौनिकता, प्रजनन अंग बारे सिकाइयोस् !!
महिनावारी, पाठेघर अनि
गुप्ताङ्गमा रहेका प्वालहरु के कामका, त्यो सबै सिकाइयोस् !!

महिनावारी हुँदा वहने रगत
फोहोर अछुत नभइ जीवनदिने तत्व भनि सिकाइयोस् !
आफैलाई घृणा गराउने व्यवहार, वाणी भन्दा
माया, सदभाव र स्वस्थ्य रहन सिकाइयोस् !!

मेरो इच्छा वगेर भएका
छुवाइ, विवाह अनि सहवास गलत हो भनि सिकाइयोस् !
सन्तान पाउने नपाउने
कति वोटा पाउने
जन्मान्तर, परिवार नियोजन सबै—सबै
मेरो आत्मनिर्णय भनि सिकाइयोस् !!
किनकि म पनि एउटा छोरा जसरी जन्मन्छ
त्यसरी नै जन्मेकि हुँ !
र मेरो अधिकार
एउटा छोरा सरह नै छ !!

उता जुम्लाको एक १२ १३ वर्षको भाई भन्छ
मैले त भर्खर “सेक्स” गरेर आको !
मख्ख पर्दै थप्छ, “कण्डम” विना नै गरेर आको !!
गर्लफ्रेण्ड प्रेग्नेन्ट भएमा के गर्छौ भन्दा
सहजै हाँस्दै भन्छ
गर्लफ्रेण्डलाई पनि त्यही नै भनेर छु आको !
“गर्भपतन सेवा त्यसैले त छ पाको !!
एकछिन चुप लागन बल्ल—बल्ल छ भेट भाको !!”
प्रजनन स्वास्थ्य सेवा बारे थाहा त पाए
सिकाइ हो कि बुझाइ, छक्क पर्छु
“होइन यो के चै गलत भाको !!”

कहि केहि थाहा छैन, कहि बुझ पचाएका
कहि बुझाइ नै ठिक छैन !
मेरो दृष्टिबाट हेर्दा
प्रजनन स्वास्थ्य सम्बन्धि सिकाइ अलि ठिक भा’छैन !!

हो, मेरो मनको आवाज
आज केहि भन्दैछ
कोहि सुनिदिने हो यो आवाज !!

– काठमाण्डौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.