~रमेश भट्टराई ‘सहृदयी’~
अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ
पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ
सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ
चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ
हँसिया र डोको, नाम्लो पारिभित्ता हो घाँस काट्ने
मायालुको एक्लो सङ्गीत, मनको व्यथा नै भाग्छ
भेडा भिरमा गाईवस्तु छन् ढ्याङ्ग्रे बेँसी फाँटैमा
मायालु गोठाल्नी हुन्, गोठालोले मायालाई डाक्छ
भुट्या मकै गुन्द्रुक अचार खाजा खाँदा पातमा
खोल्सीको ऐँसुलुले पिरतीलाई झुलाई राख्छ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )