गजल : मायाको बारी चाहिन्छ

~अमृत सिङ थिङ~

प्रीतिको फूल रोप्न मायाको बारी चाहिन्छ ।
नारी जस्तो देख्न नारीलाई सारी चाहिन्छ

प्रेममा पागल ,पागल प्रेमीहरूलाई
डाक्टर हैन प्रेमको छहारी चाहिन्छ

छोराको घरमा भन्दा वनमा बास बढी
घरको ताल्चा जोगाउन , बुहारी चाहिन्छ

धन्याढ्यहरु जति पनि छन् शहरमा
गल्ली गल्लीमा भिखारी चाहिन्छ

आधुनिक फेसनको भिड बजारमा
मर्द भनी छुटाउन जुँगा दारी चाहिन्छ ।।।।

अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.