गजल : उद्देश्य कहाँ छ ?

~डा. संगीता स्वेच्छा~

उकालो चढ्न तम्सिएछु उद्देश्य कहाँ छ ?
फेद टुटिसक्यो अहिल्यै गन्तव्य कहाँ छ ?

धेरै कोरेँ अक्षरहरू विद्वान हुने रहरमा
कोरिंदैछन् आजसम्म यहाँ अन्त्य कहाँ छ ?

खुट्टा तान्ने मात्रै भेटेँ वरिपरि सबै
कर्तव्यको पाठ पढाउन कर्तव्य कहाँ छ ?

येाग्यताको रासमा ढुसी पर्दैछ
छलछामको जमानामा, सत्य कहाँ छ ?

– डा. संगीता स्वेच्छा
“अभिभावक द्बैमासिक”मा प्रकाशित

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.