नभिम्काऊ परेली
नभिम्काऊ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ
खहरेमा पानी छैन ह्वार ह्वार आगो बल्न थाल्छ
हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ्
सुधारस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ
न आऊ भो परेलीमा
न आऊ भो परेलीमा तिमी अट्ने ठाउँ छैन
वेइमानी ( भावनामा तिमी अट्ने गाउँ छैन
त्यागी देउ धारणालाई ब्रज परे पर्न देउ
सुन्दर शान्त महलमा तिम्रो अट्ने नाउ छैन
हेर काम गर्दा
हेर काम गर्दा सोच बिचार गर्नै पर्छ
नदी पार गर्नु परे जङ्घार तर्नै पर्छ
के नै हेर्नु छर लाटीले केरा हेरेझैं
तिन्को आँत छाम्मलाई अघि सर्नै पर्छ
परीक्षामा पासहुन
परीक्षामा पासहुन, जान्नु पर्छ
शुद्धतामा रमाउन छान्नु पर्छ
पढ्नु र छान्नु शुद्धताको बोध हो
सही सत्य यथार्थता सबैले मान्नु पर्छ
मनको साँचो
मनको साँचो खोल प्रिया अन्तरआत्मा हेर्नु पर्यो
छिया छिया यो मन भयोे भावना त त्येतै सर्यो
किन होला सुन्दरतामा ठूलै ठूलो आकर्षण
जीवनको हरपलमा कल्पनाले सागर तर्यो
भन्थिन् उन्ले
भन्थिन् उन्ले तिम्रो मुटु देऊ
मैले भने मुठु हैन मेरो दिलै लेऊ
दिल र मुटु साट्ने यी प्रकरणमा
उनी या म को कतातिर पर्छौ छेऊ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )