कविता : जन्मन नपाइ मरेकी छोरीका प्रश्नहरू

~अमर निराकार~

म त्यो छोरी हुँ
एउटी औरतलाई आमा नबनाई
आधा बाटोमा नै
उसको गर्वदेखि मैला झोडामा
अफ्यालिएकी ।

म त्यो औरतलाई अधालतमा
उभ्याएर
सोध्न चाहन्छु
किन तिमीले तिम्रै अस्तित्वको दहन गरेउ?
किन तिमीले तिमी जस्तै प्रकृतिको हत्या गरेउ?
म तिम्रो गर्वमा आउनु भूल हो की
तिमीले गर्वमा धारण गर्नु भूल हो?
यस्तै सवालहरू सोध्न चाहन्छु
त्यो नामर्द मर्दसित पनि
म मुद्धा लड़न तयार छु,
त्यसले किन मेरो निर्माण प्रक्रिया
हेतु त्यो गर्वमा आफ्नो वीर्य-दान गऱ्यो
मलाई संसारमा आउन नदिनु थियो त
उसले ! उसलाई उत्तेजित बनाउने त्यो वीर्यलाई
निशपट रातको आड़मा
कुनै बञ्जर कुनामा हस्तमैथुन गरेर
थन्काउन पनि सक्थ्यो ।
तर किन
एउटा गर्वलाई नै रोज्यो ।
त्यसले मेरो निम्ति गर्व रोजेको थिएन
उसको आफ्नो यौन आवेगलाई
शान्त पार्ने अरुनै रोजेको थियो
तर अपसोस त्यसै जोसमा गरेको गल्तिको
सजाइ मलाई किन दियो,
म त्यस नामर्द मर्दलाई
यो पनि भन्छु म त्यसको कुलको
दाग होइन,
त्यसको वासनाको रङ्ग हुँ ।
तर त्यसले किन मेरो
जीवनपूर्व नै मृत्युको घोसना गऱ्यो ।
त्यो नामर्द मर्द र नारीत्वविहीन नारीलाई
म सधैँ यै प्रश्न गर्छु / गरिनै रहन्छु
तिनीहरूकै अन्तरमनदेखि ।

– अमर निराकार राई, दार्जिलिङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.