~डा. विश्वनाथ ‘प्रेम’~
नेपाल हाम्रो अनुपम अतुल्य
संख्या र आकारको हैन मूल्य
सम्भावना पुर्णताको जहाँ छ
सम्पूर्णता जिन्दगीको जहाँ छ
संसारको सार नेपालमा छ
सर्वोच्च, समतल, र न्यानो र शितल
हावा र पानी हरा खेत जङ्गल
वैसम्य सारा मिलेका परस्पर
निस्सर्गको सम्पदाले भराभर
यो देश भित्रै छ मानौ चराचर
हाम्रा व्यवस्था र दृष्टि सुधारौं
यो राष्ट्रलाई सुसमृद्ध पारौं
नैराश्यका भाव छाडी विषादी
अनेकौ असम्वाद छाडी विषादी
बनौं है सबै एक नेपालवादी
विवेक सम्पन्न नेपालवादी
शब्द/सङ्गीत : डा.विश्वनाथ बराल ‘प्रेम’
स्वर : शिशिर योगी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)