गजल : काम देउ सरकार

~केशव गाहा ‘पाल्पाली’~

मुग्लानमा पस्दिनँ म काम देउ सरकार
जुठा भाँडा घस्दिनँ म काम देउ सरकार

के यो देश मेरो पनि जन्मभूमी होइन र ?
बिदेशमा बस्दिनँ म काम देउ सरकार

पसिना र रगत पोख्दै बिरानो त्यो धर्तिमाथि
हात, गोडा धस्दिनँ म काम देउ सरकार

कति घुमुँ परदेश आँशु झार्दै आँखाबाट
बलिन्द्र भै खस्दिनँ म काम देउ सरकार

बाँच्ने हक, अधिकार यहाँ सबैलाई दिए
वचनले डस्दिनँ म काम देउ सरकार ।

(रायगढ, भारत)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १० – Jan. 21, 2015 – २०७१ माघ ७ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.