~जीवराज बुढाथोकी~
कस्तो यो विडम्बना, कस्तो यो अनर्थ,
हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।।
दैवले न साथ दिन्छ, न सहयोग गर्छ,
चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।।
न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ….
कस्तो यो विडम्बना……………………
न त बढ्छन् पाइला अघि, न त रहर् मर्छ,
भाग्यको जून न उदाउँछ, न उज्यालो छर्छ ।।
नियतिले किन यस्तो, खेलवाड् सधैं गर्छ………
कस्तो यो विडम्बना………………………
कस्तो यो विडम्बना, कस्तो यो अनर्थ,
हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।।
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४