कविता : प्रेम दिवस

~राहुल पुन~

सच्चा प्रेमको
खुला आह्वान
गरिरहेछु म
आजको दिनमा
नितान्त व्यक्तिगत
प्रेम र स्वार्थभन्दा
धेरै माथिको
उच्च त्यागको
चोखो र विश्वासिलो
अजम्वरी मायाँ
कहिल्यै नछुट्ने
कहिल्यै नटुटने
पारिवारिक जीवन
सुखी बनाउन
जवानीको रङ मेट्न
क्षणिक भावावेशमा
बाहिरी आकर्षणमा
कसैलाई देखाउन
अनि कुनै रहरमा
हुँदै होइन
सुझबुझ सहितको
परिपक्क र स्वच्छ
आत्मिक प्रेम गर्न
आज म खोजिरहेछु
अनि बालिरहेछु
आउ प्रेम गरौँ
एउटै मालामा गाँसिऔ
आत्मस्वार्थमा
एकल जिन्दगीमा
रुमलिने र रमाउने
बेला होइन यो
केही क्षणको
व्यक्तिगत स्वार्थ
मेटने समय
दुवै होइन यो
त्यसैले आऊ
एउटै अँगालोमा
बल गरी बाधिऔँ
एउटै र महान
स्वार्थ र उद्देश्य
देश प्रेम गर्न
किनकि
यो देशले मागिरहेछ
सदभाव मायाँ
एकता र सहमति
त्याग, अनि बलिदान
यसर्थ
देशलाई मायाँ गर्नेहरू
परिवर्तन खोज्नेहरू
समानता रोज्नेहरू
क्रान्तिप्रेमी मनमस्तिष्कहरू
सबैसँग म
प्रेम गर्न खोजिरहेछु

–गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १४ – Feb. 13, 2013 – २०६९ फागुन २ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.