गजल : निवास गर्छौ कि ?

~शेखर ‘अस्तित्व’~

यो हृदयमा निवास गर्छौ कि ?
तृप्त यो मनको प्यास गर्छौ कि ?

तिम्रो खोजीमा छु युगौं देखि !
पूर्ण मेरो तलास गर्छौ कि !

ढल्दा आँचल मुहार देखिन्छ !
चन्द्रलाई उदास गर्छौ कि ?

भन् त, साँच्चै नढाँटिकन लाटी,
तिम्ले’नि मेरो आस गर्छौ कि ?

औषधि नदिए’नि दुख छैन !
दर्द बुझ्ने प्रयास गर्छौ कि ?

घाम सुम्पेर न्यानो मायाको !
मेरो “अस्तित्व” खास गर्छौ कि ?

बुटवल–६
हाल : मुम्बई,
11-02-2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.