~निर्मल निशार~
जहाँनिया शासन विस्थापित गर्न
छिमेक गुहार्थे राजा पनि
प्रजातन्त्र बहाली गर्न
उतै धाउथे नेता पनि ।
जात÷जाति, जनजाति उठाई
सबलाई दिन्छौँ राज्य भनी
वर्गहित त्यागी अधिनायकत्व लाद्न
छिमेककै शरणमा कमरेड पनि ।
शासक बन्ने धोको बोकी
शक्तिकेन्द्र धायौँ भने
राष्ट्रभक्त नेपालीजनले
तिरस्कार गर्लान् गद्दार भनी ।
नाच्छौँ किन अरूको तालमा
बेजान कठपुतली बनी
मुलुकभित्रै सामथ्र्य जुटाऔँ
नेपाल आमाको सपुत बनी ।
सार्वभौमसत्ता सम्पन्न नेपाल
पराधीन बनेन कहिल्यै पनि
बिक्ला दोर्जे दलालको हात
रक्षा गर बहादुर बनी ।
बेला छँदै होस् पुर्याओ
निष्कलङ्क विवेकी बनी
सर्वश्व गुम्ला हेक्का राख
बाँच्न सिक नेपाली बनी
बानेश्वर, काठमाडौँ
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १२ – Feb. 11, 2015 – २०७१ माघ २८ गते बुधबार)