~शशीकला थापा सुब्बा~
बसन्त ऋतुको बहार तिमी,तिमिलाई फूलको सुबासमा भेटें ।
इन्द्रेणि द्वारको संघार तिमी,तिमिलाई जूनको मधुमासमा भेटें ।।
झरनाको मधुर संगीतभित्र,पहरा गुन्जने मिठो गीतभित्र ।
प्रभातकालको मल्हार तिमी,तिमीलाई बिहानी प्रकाशमा भेटें।।
कहिले शितल बादलझै लाग्छौ,कहिले चन्चल हावाभै भाग्छौ ।
प्रऋतिको अनुपम् उपहार तिमी,तिमिलाई धर्ती आकाशमा भेटें ।।
सम्झनामा रम्ने बिपना जस्तै,पन्खबिना उड्ने सपना जस्तै ।
कल्पनाको चोखो संसार तिमी,तिमिलाई मिठो आभाशमा भेटें ।।
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)