लघुकथा : पश्चताप

~यकिना अगाध~

उसंग भनेजस्तो धन थियो तर आफ्ना केही आफन्तजन र छरछिमेकले बाहेक उसलाई कसैले पनि चिन्दैनथ्यो । जीवनको उत्तराद्र्धमा आएर उसलाई नाम कमाउने हुटीहुटी जाग्यो । आफन्तजन र छरछिमेकले उसलाई सल्लाह दियो कि देवालयहरु निर्माण गरेमा यो जुनीमा नाम कमाउने मात्र होइन, अर्को जुनीलाई समेत पुन्य प्राप्त हुनेछ । उसले यसै गर्यो ।

शहरको फोहोर थुपार्ने सडक गल्लीको चोक चोकमा देवालय निर्माण भयो । फोहोरको दुर्गन्ध पनि हट्यो । विपदमा परेका बटुवाहरुको लघुशंका र दीर्घशंकाको ठाउ समेत उसले छोडेन । जता ततै देवालयको निर्माण भयो । दुर्गन्ध सहनु परेका वरिपरिका सरोकारवालाहरु उसको धेरै ऋणी बन्यो ।

उसको उदारकार्यको बयान सुनेका एक टोलबासीले एकदिन उसलाई भेटेर प्रत्येक देवालयमा र सडक गल्लीको पायक सर्वाजनिक जमिनमा शौचालयको निर्माणको सुझाव दियो । यो सुझावलाई उसले खासै महत्वको सम्झेन किनकि देवालय बनाउदा जस्तो पुन्य कमाई शौचालय बनाउदा प्राप्त हुने कुराप्रति उ विश्वस्त थिएन ।

उ सधैं विहान आफूले बनाएको प्रत्येक देवालय ढोक्दै घुम्दै हिड्ने गर्दथ्यो । अरु दिनझैं त्यसदिन पनि उ ढोक्दै घुम्दै घरदेखि टाढासम्म पुग्यो । अचानक त्यहीबेला उसको पेटमा गडबडी मच्चियो । वरपर शौचालय खोज्दा भेट्न नसकेपछि फटाफाट घरतर्फ अघि बढ्यो । जबरजस्तको थमाइले उसको शरीरमा र्याक्सन गर्यो । एकाबिहानै अनुहारमा चिटचिट पसिना छुट्यो ।

उसले सोच्यो कि त्यो छिमेकीले ठीक भन्दैथ्यो । मैले शौचालय बनाउनै पथ्र्यो । यति सोच्दा नसोच्दै उ थरथर काम्यो र डङरङ्ग भुइमा बजारियो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.