~उमाशङ्कर द्विवेदी~
पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार गर्न थाले । यतिकैमा उनको कानमा एउटी स्त्रीको आर्तनादको शब्द पर्यो । स्त्री बारम्बार कराइरहेकी थिई– “अरे, कोही पुरुष दुगुरेर आएर मेरो रक्षा गरोस् ।” इन्द्रले उसको करुण विलाप सुनेर भने– “तिमी अब नडराऊ, अब तिम्रोलागि भयको कुनै कारण छैन ।” अनि उसको छेउमा गएर हेर्दा हातमा गदा लिएको केशी दैत्य उभिइरहेको थियो । इन्द्रले त्यस कन्याको हात समातेर भने– “नीच कर्म गर्ने राक्षस, तिमी किन यस कन्याको हरण गर्न चाहन्छौ ? हेर म वज्रधर इन्द्र हुँ । तिमीले यसलाई छाडिदिएर आफ्नो बाटो लाग ।” इन्द्रको कुरा सुनेर केशीले भन्यो– “अरे इन्द्र, तिमीले नै यसलाई छाडी देऊ, यसलाई मैले पहिले नै वरण गरिसकेको छु । तिमीले यसलाई छाडिदिएनौ भने ज्यूँदो आफ्नो पुरीमा फर्कन पाउनेछैनौ ।” यति भनेर केशी दैत्यले इन्द्रमाथि आफ्नो गदा हिर्कायो तर इन्द्रले आफ्नो वज्रद्वारा त्यसलाई बीचमैं काटिदिए । यो देखेर केशीले रिसले मुर्मुरिएर इन्द्रमाथि एउटा पहाड नै उखेलेर फालिदियो । आफूतर्फ केशीले हानेको पहाड आइरहेको देखेर इन्द्रले त्यसलाई पनि टुक्रा–टुक्रा पारी भुइँमा खसालिदिए । पहाडको टुक्रा भुइँतिर खस्दा केशीलाई गहिरो चोट लाग्यो । त्यस चोटबाट रन्थनिएर त्यस कन्यालाई छाडी केशी भाग्न थाल्यो । केशी भागिसकेपछि इन्द्रले त्यस कन्यासित सोधे– “सुन्दरी तिमी को हौ ? कसकी पुत्री हौ तथा यहाँ के गरिरहेकी छयौ ?”
कन्याले भनिन्–“इन्द्र, म प्रजापतिकी पुत्री हुँ । मेरो नाम देवसेना हो । दैत्यसेना मेरी बहिनी हो, त्यसलाई केशीले पहिले नै लगिसकेको छ । हामी दिदीबहिनीहरू प्रजापतिको आज्ञाले यस मानस पर्वतमाथि खेल्न आउँथ्यौं तथा यो केशी दैत्य हामीलाई सधैं नै आफूसँग हिंड्न भन्थ्यो । दैत्यसेना उसलाई माया गर्दथिई तर म उसलाई मन पराउँदिनथे । त्यसैले दैत्यसेनालाई उसले लिएर गयो तथा म तपाईंको बल–पराक्रमले आज बाचें । अब तपाईंले जुन दुर्जय वीरलाई निश्चित गर्नुहुनेछ, म त्यसलाई आफ्नो पति बनाउने छु ।” इन्द्रले भने– “मेरी आमा दक्षपुत्री अदिति हुन्, अत: तिमी मेरी बहिनी पर्ने नातामा छयौ । ल भन तिम्रो पति कस्तो प्रकारको हुनुपर्दछ ? म तिमीले चाहेकै जस्तो पुरुषसित विवाह गरिदिने छु । देवसेनाले भनिन्– “जो देउता, दानव, यक्ष, किन्नर, नाग, राक्षस र दुष्ट दैत्यहरूलाई जित्न सक्ने, महान्, पराक्रमी तथा अत्यन्त बलवान छ तथा जो तपाईंसित मिलेर सम्पूर्ण प्राणीलाई जित्न सक्नेछ, ब्रह्मनिष्ठ र कीर्तिको वृद्धि गर्न सक्ने खालको पुरुष नै मेरो पति हुनुपर्दछ ।
देवसेनाको कुरा सुनेर इन्द्रलाई बडो खेद भयो । उनले विचार गरे कि यसले भनेको जस्तो कुनै पुरुष फेला पर्ला जस्तो देखिंदैन । अनि उनले देवसेनालाई लिएर ब्रह्मलोकमा पितामह ब्रह्माजीकहाँ गई भने–“भगवन्, तपाईं यस कन्याको लागि कुनै योग्य सद्गुणी र शूरवीर वर देखाउनुहोस् ।
यस्तै प्रकार अग्निपत्नी स्वाहाले सप्तऋषिहरूमध्ये प्रत्येक ऋषिकी पत्नीको भेष धारण गरेर अग्निदेवको काम–शान्ति गरिन् तर अरुन्धतीको तप तथा पातिव्रत्यको प्रभावको कारण स्वाहाले उनको रूप धारण गर्न सकिनन् । यस प्रकार कामतप्ता स्वाहाले प्रतिपदाको दिन छपटक अग्निदेवको वीर्य सड्ढलन गरेर सुनको कुण्डमा राखिन् । त्यसबाट एउटा ऋषिपूजित बालक उत्पन्न भयो । स्खलित वीर्यबाट उसको जन्म भएको कारणले त्यस बालकको नाम ‘स्कन्द’ भयो । त्यस बालकको छवटा शिर, बार्हवटा कान, बार्हवटा आँखा, बार्हवटा हात, एउटा घाँटी र एउटै भुँडी थियो । त्यो बालक द्वितीया तिथिको दिन अभिव्यक्त भयो, तृतीया तिथिको दिन शिशु रह्यो तथा चतुर्थी तिथिको दिन अ·–प्रत्य·ले सम्पन्न भयो । जुन प्रकारले उदित हुँदै गरेका सूर्य अरुण वर्णको बादलमा सुशोभित देखिन्छन्, त्यसै प्रकारले त्यो बालक विद्युत्युक्त अरुण मेघबाट घेरिएको झैं देखिन्थ्यो । केही दिनमैं त्यस बालकले त्रिपुविनाशक महादेवजीले दैत्यहरूको संहार गर्ने विशाल र रोमाञ्चकारी धनुषलाई सजिलै उचालेर भीषण सिंहनाद गरेर तीनै लोकका चराचर जीवहरूलाई संज्ञाहीन गरिदियो । त्यस बालकको त्यस बेलाको महामेघ समानको गर्जना सुनेर धेरै जीवहरू भूमा पछारिए । त्यस बेला जुन जुन प्राणीहरूले उनको शरण परे, तिनीहरूलाई उनको पार्षद् भनियो । ती जम्मैजनालाई महाबाहु स्वामी कात्र्तिकेयले सान्त्वना दिए ।
जब सप्तर्षिहरूले त्यस महान् तेजस्वी पुत्र उत्पन्न भएको समाचार सुने अनि आफ्नो योगबलले त्यस बालकको जन्म वृतान्तबारे थाहा पाई अरुन्धतीबाहेक जम्मैजनाले आफ्नी पत्नीको त्याग गरिदिए । स्वाहाले सप्तर्षिहरूलाई पटकपटक भनिन्– “यो मेरो पुत्र हो, तपाईंहरूले जे बुझ्नुभएको छ, त्यो गलत हो ।” विश्वामित्रले अग्निदेवलाई कामातुर भएको देखेर उनी पनि अग्निदेवको पछि लागेका थिए । त्यसैले उनलाई सबै कुरा ठीक ठीक थाहा थियो । उनले पनि सप्तर्षिहरूलाई भने– “यसमा तपाईंहरूका पत्नीको कुनै अपराध छैन ।” तर उनको कुरा सुनेर पनि सप्तर्षिहरूले आफ्ना पत्नीहरूको त्याग गरि नै दिए ।
देउताहरूले स्कन्दको बल–पराक्रमबारे सुनेर इन्द्रसित भने– “देवराज, स्कन्दको बल असह्य छ, तपाईंले उसलाई छिट्टै नै मारिहाल्नुहोस् । अन्यथा उसले तपाईंलाई पराजित गरेर देउताहरूका राजा बनिहाल्नेछ ।” इन्द्रलाई यद्यपि आफ्नो विजयमा सन्देह रहे तापनि उनी ऐरावतमाथि आसीन भएर स्कन्दमाथि जाइलागे । त्यहाँ गई समस्त देउताहरू तथा इन्द्रले भीषण सिंहनाद गरे । त्यस गर्जनालाई सुनेर प्रत्युत्तरमा स्कन्दले पनि समुद्रको समान भयड्ढर गर्जना गरे । त्यस महान् र भीषण गर्जनालाई सहन नसकी कैयन देउताहरू अचेत भए । देउताहरू इन्द्रका साथमा आफ्नो वध गर्न आएको चाल पाएर कात्र्तिकेयले कुपित भएर आफ्नो मुखबाट आगोको भयड्ढर मुस्लो छाडे । त्यस आगोको मुस्लोले देवसेनालाई डढाउन थाल्यो । त्यसले देउताहरूका टाउको, शरीर, आयुध र वाहनलाई पोल्न थाल्यो तथा तिनीहरू ऐया–आत्थु गर्दै यताउती भौंतारिन थाले । अन्तमा देउताहरूले इन्द्रलाई छाडी स्कन्दकै शरणमा पर्न गए, अनिमात्र उनीहरूलाइ सञ्चो भयो ।
देउताहरूले आफ्नो त्याग गरेको देखेर इन्द्रले स्कन्दमाथि आफ्नो भीषण वज्रले प्रहार गरे । त्यस वज्रले स्कन्दको दाहिने अ·माथि चोट गर्यो । त्यस प्रहारको चोटको कारण स्कन्दको त्यस अ·बाट एउटा अर्को दिव्य पुरुष उत्पन्न भयो । त्यो पुरुष युवावस्थाको थियो तथा सुनको अभेद्य कवच, शक्ति र दिव्य कुण्डल धारण गरेको थियो । स्कन्दको अ·मा वज्रको प्रवेश भएकोले उत्पन्न भएको कारण त्यो ‘विशाख’ नामले प्रसिद्ध भयो । यस प्रकार प्रलयाग्निको समान तेजस्वी अर्को पुरुष उत्पन्न भएको देखेर इन्द्र तर्सिएर दुवै हात जोर्दै स्कन्दकै शरण परे । यो देखी स्कन्दले सेनासहित इन्द्रलाई अभयदान दिए । यो देखेर देउताहरू अत्यन्त प्रसन्न भए ।
त्यस अवसरमा ऋषिहरू त्यहाँ प्रकट भएर स्कन्दसित भने– “देवश्रेष्ठ, तपाईंको कल्याण होस्, तपाईंले लोकको म·ल गर्नुहोस् । तपाईं जन्मेको छ रात्रिहरू मात्र बितेका छन् तथा तपाईंले सम्पूर्ण लोकलाई आफ्नो वशमा पारिसक्नुभएको छ अनि तपाईंले नै यिनीहरूलाई अभयदान पनि दिनुभएको छ । अत: तपाईं नै इन्द्र बनेर अब तीनै लोकलाई निर्भय गरिदिनुहोस् ।” ऋषिहरूको कुरा सुनेर स्वामी कात्र्तिकेयले सोधे– “मुनिवर, यो इन्द्रले त्रिलोकीको के काम गर्दछ ? कुन प्रकारले देउताहरूको रक्षा गर्दछ ?” ऋषिहरूले भने– “इन्द्रले समस्त प्राणीहरूको बल, तेज, प्रजा र सुख प्रदान गर्दछन् तथा प्रसन्न भएर उनले सबै प्रकारका मनोकाङ्क्षा पूर्ण गरिदिन्छन् । उनले दुराचारीहरूको संहार तथा सदाचारीहरूको रक्षा गर्दछन् तथा प्राणीहरूको प्रत्येक काममा अनुशासन गर्दछन् । जब सूर्य रहँदैनन्, अनि उनी नै सूर्य भइदिन्छन्, चन्द्रमाको अभावमा उनी नै चन्द्र बनिदिन्छन् । यसै प्रकारले उनी भिन्न भिन्न कारणले अग्नि, वायु, जल, र पृथ्वी बनि हाल्दछन् । यी जम्मै कामहरू इन्द्रले गर्नुपर्दछ, किनकि इन्द्रमा बडो बल हुन्छ । वीरवर, तपाईं धेरै बलवान हुनुहुन्छ, त्यसैले तपाईं नै इन्द्र बनिहाल्नुहोस् ।”
ऋषिहरूले स्कन्दसित भने– देवश्रेष्ठ, तपार्ईंंको कल्याण होस्, तपार्ईंंले सम्पूर्ण लोकको म·ल गर्नुहोस् । तपाईं जन्मेको अहिले छ रात्रि बितेको छ, तैपनि तपाईंले सम्पूर्ण लोकलाई आफ्नो वशमा पारिसक्नुभएको छ तथा तपाईंले नै यिनीहरूलाई अभयदान पनि दिइसक्नु भएको छ । अत: अब तपाईंले नै इन्द्र बनेर तीनै लोकलाई अभय दिनुहोस् । कात्र्तिकेयजीले सोधे–मुनिगण, इन्द्रले त्रिलोकको के काम गर्दछन् तथा कसरी देउताहरूको रक्षा गर्दछन् ? ऋषिहरूले भने–इन्द्रले समस्त प्रणीलाई बल, तेज, प्रज्ञा तथा सुख प्रदान गर्दछन् तथा प्रसन्न भएमा सम्पूर्ण इच्छा पूर्ण गरिदिन्छन् । उनी दुराचारीहरूको नाश तथा सदाचारीहरूको रक्षा गर्दछन् । प्राणीहरूको प्रत्येक कामको अनुशासन निर्धारण गर्दछन् । सूर्यको अभाव भएमा उनी नै सूर्य, चन्द्रमाको अभाव भएमा उनी नै चन्द्र बनिदिन्छन् । यस्तै प्रकारले उनी नै भिन्नभिन्न कारणले अग्नि, वायु, पृथ्वी र जल बन्दछन् । इन्द्रले यस्ता कामहरू गरिरहनुपर्दछ, किनकि इन्द्रमा धेरै बल हुन्छ । वीरवर १ तपाईंमा पनि धेरै बल छ, त्यसैले तपाईं नै हाम्रो इन्द्र बन्नुहोस् । इन्द्रले पनि भने–महाबाहो १ तपाईं इन्द्र बनेर हामीहरूलाइ सुखी पार्नुहोस् । तपाईं वास्तवमा यस योग्य हुनुहुन्छ, त्यसैले आज नै तपाईं इन्द्रपदमा आफ्नो अभिषेक गराउनुहोस् । कात्र्तिकेयजीले भने–शक्र, तपाई नै निश्चिन्त भएर त्रिलोकीको शासन चलाउनुहोस् । म तपाईंको सेवक हुँ, मलाई इन्द्रपदको चाहना छैन ।
इन्द्रले भने–वीर, तपाईंको बल अद्भूत छ । तपाईंको पराक्रमले चकित भएका प्राणीहरू मलाई हेयदृष्टिले हेर्नेछन् । यति मात्र होइन, उनीहरूले हामीबीच भेद पनि गराउने छन् । यस प्रकार हामीबीच मतभेद उत्पन्न हुने हुँदा परस्पर युद्ध पनि हुन सक्दछ, जसमा निस्सन्देह विजय तपाईंको नै हुनेछ । त्यसै कारण तपाईं इन्द्र बन्नुहोस्, यस विषयमा कुनै प्रकारको सोच–विचार नगर्नुहोस् । कात्र्तिकेयजीले भने–शक्र, तपाईं नै यस त्रिलोक र मेरो पनि राजा हुनुहुन्छ, म तपाईंको आज्ञा पालन गर्न सदैव तयार रहनेछु । इन्द्रले भने–त्यसो हो भने ठीक छ, तपाईंले भने बमोजिम इन्द्रपदमा म नै रहिरहनेछु, तर साँच्चिकै तपाई मेरो आज्ञा मान्न तत्पर हुनुहुन्छ भने देवसेनापतिको पदमा आफ्नो अभिषेक गराउनुहोस् । कात्र्तिकेयजीले भने–बेस, दानवहरूको विनाश, देउताहरूको अर्थसिद्धि तथा गाई र ब्राह्मणहरूको हितको लागि तपाईंले देवसेनापति पदमा मेरो अभिषेक खुशीपूर्वक गराउनुहोस् ।
कात्र्तिकेयजीको यस प्रकारको कुरा सुनेर इन्द्रले समस्त देउताहरूको उपस्थितिमा उनलाई देउताहरूको सेनापति नियुक्त गरे । त्यस बेला महर्षिहरूबाट पुजित भएर उनी बडो सुशोभित भए ।उनको टाउकोमा सुनको श्रीपेंच लगाइयो । यतिकैमा त्यहाँ पार्वतीजीका साथ महादेव पाल्नुभयो । महादेवले विश्वकर्माले बनाएको एउटा माला उनको गलामा पहिराइदिनुभयो । अग्निदेवले उनलाई एउटा भाले कुखुरा दिए, जसको कालाग्नि समान रातो र·को ध्वजा उनको रथमाथि फर्रफराइ रहन्छ । समस्त प्राणीहरूको चेष्टा, प्रभा, शान्ति र बल तथा देउताहरूको विजय बढाउने शक्ति स्वयं उनका अगाडि उपस्थित भइन् । उनको शरीरमा जन्मको बेला उत्पन्न कवच प्रवेश गर्यो । त्यो कवच युद्धको बेला स्वयं प्रकट हुँदछ । शक्ति, धर्म, बल, तेज, कान्ति, सत्य, उन्नति, ब्रह्मण्यता, असम्मोह,भक्तहरूको रक्षा, शत्रुहरूको संहार र लोकको रक्षा गर्ने आदि गुणहरू कात्र्तिकेयजीमा जन्मजात नै छ । यस प्रकार देवगणले उनलाई आफ्नो सेनापति बनाए ।
यसपश्चात् कात्र्तिकेयजीको सामु सहस्रौंं देवसेना उपस्थित भएर ‘तपाईं हाम्रो पति हुनुहुन्छ’ भन्न थाले । उनीहरूको यस प्रकारको आग्रह सुनेर काक्र्तिकेयजीले ती जम्मैलाई स्वीकार गरे तथा उनीहरूबाट सम्मानित भएर सान्त्वना दिए । त्यस अवसरमा इन्द्रलाई केशी दैत्यबाट छुटाइएकी देवसेनाको स्मरण भएर आयो र उनी सोच्न थाले–यसमा सन्देह छैन यिनैलाई ब्रह्माजीले देवसेनाको पति नियत गर्नुभएको थियो । अत: उनले वस्त्रालड्ढारले सुसज्जित पारी देवसेनालाइ कात्र्तिकेय समक्ष ल्याएर भने–देवश्रेष्ठ, ब्रह्माजीले तपाईंको जन्मभन्दा पहिले नै यिनलाई तपाईंकी पत्नि निश्चित गरिदिनुभएको हो, त्यसैले तपाईंले विधिवत् मन्त्रोच्चारपूर्वक यिनको पाणीग्रहण गर्नुहोस् । इन्द्रको यस प्रकारको आग्रह सुनेर कात्र्तिकेयजीले विधिपूर्वक पाणीग्रहण गरे । त्यस बेला मन्त्रवेत्ता बृहस्पतिजीले मन्त्रोच्चारण र हवनादि गरे । यस प्रकार देवसेना कात्र्तिकेयजीकी पटरानी भएर प्रसिद्ध भइन् । उनलाई नै ब्राह्मणहरूले षष्ठी (भोजपुरी र हिन्दी भाषामा छठ वा छठी माता जसको कार्तिक शुक्ल षष्ठी तिथिको दिन धुमधामसित व्रत, पूजन, अर्चन हुने गर्दछ), लक्ष्मी, आशा, सुखप्रदा, सिनीदेवी, कुहू, सद्वृत्ति र अपराजिता पनि भन्ने गर्दछन् ।
यसपश्चात् कात्र्तिकेयजीलाई श्रीसम्पन्न र देउताहरूको सेनापति भएको देखेर सप्तर्षिहरूकी छवटी पत्निहरू आए । उनीहरू धर्मयुक्ता र व्रतशीला थिए तापनि उनीहरूका ऋषिपतिहरूले उनीहरूलाई त्यागी दिएका थिए । उनीहरूले देवसेनाका पति स्वामी कात्र्तिकेयसित भने–बाबू, हाम्रा देवतुल्य पतिहरूले हामीहरूलाई अकारण त्यागी दिएका छन् जसका कारण हामीहरू पुण्यलोकबाट च्युत भएका छौं । उनीहरूलाई कसैले भ्रमित पारी दिएको छ कि तिमी हाम्रो कोखबाट जन्मेका हौ । अत: हाम्रो सही कुरा सुनेर तिमीले हाम्रो रक्षा गर । तिम्रो कृपाले हामीलाई अक्षय स्वर्गको प्राप्ति हुन सक्दछ । यसबाहेक हामी तिमीलाई आफ्नो पुत्र पनि बनाउन चाहन्छौं, बाबू १ उनीहरूको करुणाद्र बिन्ती सुनेर कात्र्तिकेयजीले भने–निर्दोष देवीहरू १ तपाईंहरू मेरी माता हुनुहुन्छ र म तपाईंहरूको पुत्र हुँ । यसबाहेक तपाईंहरूको यदि अन्य पनि कुनै इच्छा रहेछ भने त्यो पनि पूर्ण हुनेछ ।
कात्र्तिकेयजीले आफ्नी आमाहरूको यस प्रकारको प्रिय काम गरेपछि अनि आफ्नी साख्खे आमा स्वाहा पनि उपस्थित भएर कात्र्तिकेयसित भनिन्–बाबू, छोरा, तिमी मेरा औरस पुत्र हौ । म चाहन्छु तिमी मेरो एउटा अत्यन्त दुर्लभ र प्रिय काम गर । कात्र्तिकेयले सोधे– माता, तपाईंहरूको कुरा सुनेर म त सार्है अल्मलिएँ, तपाईंको के इच्छा छ ? मैले आफ्नो सामथ्र्य अनुसार अवश्य पूरा गर्नेछु । स्वाहाले भनिन्–बाबू, म दक्ष प्रजापतिकी अत्यन्त लाडे छोरी हुँ । केटाकेटीदेखि नै म अग्निदेवमाथि अनुरक्त थिएँ तर अग्निदेवले मेरो माया बुझेनन्, म अझै पनि निरंतर उनकै साथ रहन चाहन्छु । स्वामी कात्र्तिकेयले भने–माता, अब आइन्दा यज्ञकत्र्ता ब्राह्मणहरूले हव्य–कव्यादि मन्त्रशुद्ध पदार्थहरू ‘स्वाहा’ शब्दको उच्चारण गरेर नै हवन गरेमा मात्र यज्ञको सफलता हुनेछ र यस प्रकार अग्निदेव सदैव तपाईंको सानिध्य हव्य–कव्य भुक्त गर्नुहुनेछ र तपाईंको साथमा रहनुहुनेछ ।
(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )