~विमल वैद्य~
चराको पखेटा काटियो
र, उसलाई उड्न भनियो
मानिसको गोडा गिाडियो
र, उसलाई हिँड्न भनियो
एउटा विषम विडम्बना
आकाशका ताराहरूको
एक-एक ज्योति नियाल्दै
गुलेली हानियो ।
मान्छेको सपना
उष्ण मरुभूमिको तापमा पग्लदै छ
वरफको शीतलता
उसलाई सााघुरो गल्लीको यात्रा भयो
सूर्य छुने आकांक्षा
त्यसको नजिक पुग्न नपाउादै
समुद्रको नूनिलो पानीमा
समाहित हुने गर्छन् ।
हरेक बिहानीको उज्यालो पनि
बिझाउने गर्छ अचेल
कमसेकम कालो रातमा
केही देख्नु त पर्दैन
केही सुन्नु पनि त पर्दैन
अभ्यस्त, यति व्यस्त बन्यो कि जीवन
पीडामा पनि
मान्छे रमाउन थाल्यो ।
– इलाम
(स्रोत : नेपाल साप्ताहिक अंक: ५६५)