समीक्षा : नेपाली साहित्यमा सुनसरीको योगदान

~डा. गोपाल भण्डारी~

पृष्ठभूमि :

नेपाली साहित्यको संस्थागत विकास गर्ने अवधारणा वि.सं. १९७० देखि औपचारिक रुपमा आएको देखिन्छ । श्री ३ चन्द्रशमशेरका शासनकालमा त्यसै वर्ष ‘गोखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको हु“दा नेपाली लेखन, सम्पादन, प्रकाशन र प्रचार प्रसारले सरकारी मान्यता पाएको देखिन्छ । त्यसअघि अनौपचारिक रुपमा युवाकवि मोतीराम भट्टका नेतृत्वमा बनारस र काठमाडौँमा मोती मण्डली गठन भई समस्या पूर्ति ढाँचाका कविता, गजल र फुटकर कविताका आन्तरिक प्रतिस्पर्धा पनि हुने गर्थे । वि.सं. १९६३ मा बनारसमा ‘रसिक समाज’ को गठन भएको हुँदा केही सकारात्मक परिणामहरु देखिन थालेका थिए भने वि.सं. १९७४ मा श्यामजी प्रसाद अर्यालका सम्पादनमा निस्केको ‘सूक्तिसिन्धु’ ले निकै ठूलो हलचल ल्याइदिएको पाइन्छ । वि.सं. १९७७ को ‘मकै पर्व’ त्यस बेलाको अर्को डरलाग्दो घटना मानिन्छ । वि.सं. १९७५ मा सर्वप्रथम त्रिचन्द्र कलेजको स्थापना हुँदा मुलुकमा निकै ठूलो परिवर्तन हुने सङ्केत देखिएको थियो । वि.सं. १९७७ मा ‘सतीप्रथा’ को अन्त्य र १९८३ मा ‘दासप्रथा’ को अन्त्य भएको हुँदा त्यसले नेपाली साहित्यलाई उत्साही बनाएको मान्न सकिन्छ । वि.सं. १९९१ मा सु. ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ नामक साहित्यिक पत्रिकाको प्रकाशनारम्भ भएपछि नेपाली लेखकहरुमा आत्मविश्वास बढ्दै गएको थियो । विशेष गरी नेपाली लेखकहरुमा एक्लै केही गर्नुभन्दा सामूहिक र साङ्गठनिक रुपमा नेपाली भाषा र साहित्यको विकास र विस्तार गर्नुपर्दछ भन्ने चेतना प्रादुर्भाव हुँदै गएको देखिन्छ । नेपाली जनता राजनैतिक रुपमा समेत सचेत हुँदै गएका हुँदा वि.सं. १९९३ मा ‘नेपाल प्रजा परिषद्’ को गठन भएको पाइन्छ । वि.सं. १९९७ मा देशभक्त वीरहरु सहिद हुँदा मुलुकैभर तरङ्ग उत्पन्न भएको थियो । राजनैतिक चेतनाले प्रखर रुप लिँदै जाँदा वि.सं. २००७ मा शासकका विरुद्ध सशस्त्र क्रान्ति सफल भई नेपालमा प्रजातन्त्र स्थापना भएपछि सबैतिरका ढोका खुल्न थाले । नेपालमा एउटा युगको अन्त्य भई नयाँ युगको प्रारम्भ भएको देखिन्छ । २००७ सालको परिवर्तनले भाषा र साहित्यका क्षेत्रमा समेत नयाँ सम्भावना खुल्दै गएका हुँदा कवि, लेखक, सम्पादक र पाठकहरुसमेत जुर्मुराउन थालेका थिए । प्रजातन्त्र प्राप्तिपछि सबैले आ–आप्mना हक र अधिकारको खोजी गर्न लाग्दा अनेक सङ्घ–संस्था गठन हुन लागेका थिए ।

नेपाली लेखक सङ्घको गठन :

उपर्युक्त पृष्ठभूमिलाई सदुपयोग गरी वि.सं. २००८ मा नेपाली लेखक सङ्घको स्थापना भएको हो । यसका संस्थापकहरु महाकवि लक्ष्मीप्रसाद देवकोटा, बी.पी.कोइराला, युगकवि सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, केदारमान ‘व्यथित’, गोविन्दबहादुर ‘गोठाले’ समेत थिए । स्थापना कालमा नेपाली लेखक सङ्घले प्रजातान्त्रिक मूल्य–मान्यता तथा समाजवादी चिन्तनलाई प्रचार प्रसार गर्ने उद्देश्य लिएको थियो । पढेलेखेका विद्वान् तथा कोमल हृदय भएका स्रष्टाहरुले सामाजिक चेतना विस्तार गर्न प्रजातान्त्रिक आचरण अवलम्बन गर्न आ–आप्mना रचनाका माध्यमबाट जनतामा नयाँ उत्साह तथा प्रेरणा प्रदान गर्नुपर्ने हुँदा नेपाली लेखक सङ्घ यस उद्देश्यमा प्रतिबद्ध रहेको पाइन्छ ।

यस सङ्घले आज भनिने लोकतान्त्रिक समाजवादी विचार, मूल्य, मान्यता, आचरण र व्यवहारलाई लेखनको प्रमुख आधार मानेको देखिन्छ । त्यसैगरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिनुहुने चिन्तक, लेखक तथा स्रष्टाहरुलाई एकताबद्ध बनाई नेपाली वाङ्मयको श्रीवृद्धिमा लगाउने प्रयत्न गरेको हुँदा यस सङ्घमा आबद्ध लेखकहरु प्रजातन्त्रवादी मानिन थालेका हुन् । महाकवि देवकोटाको निधन (२०१६) भएपछि देशमा निरङ्कुश पञ्चायती प्रणाली (२०१७) लागू भयो । यो प्रणाली लागू हुनासाथ नेपाली लेखक सङ्घ अघोषित रुपमा निस्क्रिय बस्न बाध्य भएको हो । २०४७ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रजातान्त्रिक प्रणाली, आएपछि नेपाली लेखक सङ्घलाई पनि पुनर्जागृत गराउन प्रजातन्त्रवादी लेखकहरु सगबगाउन थाले । वि.सं. २०५२ देखि नेपाली लेख सङ्घ पुनः अस्तित्वमा आयो र वि.सं. २०६४ मा यसको विधान पनि निर्मित भयो । सङ्घलाई जगाउनेमा डा. तुलसीप्रसाद भट्टराई र कवि वैरागी काइँलाको अहम् भूमिका रहेको छ । २०६४ मा बनेको विधानअनुसार डा. भट्टराईले केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरी विभिन्न जिल्लामा यसका शाखाहरु गठन गर्ने अभियान चलाएका थिए । नेपाली लेखक सङ्घको इतिहास र यसको योगदानका विषयमा त्यसपछि मात्र चर्चा चल्न थालेको हो ।

लगभग २००८ सालमा हृदयचन्द्रसिंह प्रधानका सक्रियतामा संस्थापित प्रगतिशील लेखक सङ्घ (प्रलेस) धेरै अघिदेखि चर्चामा रहे पनि नेपाली लेखक सङ्घ (नेलेस) चाहिँ पर्दाभित्र गुम्सिरहेको थियो । डा. भट्टराई र काइँलाको मेहनतले २०६४ देखि यो सङ्घ साहित्यिक रङ्गमञ्चमा देखा परिरहेको छ । यसैगरी २०६९ साल वैशाख ११ गतेदेखि नेलेसको केन्द्रीय अध्यक्षमा कवि विष्णुविभु घिमिरे निर्वाचित भएपछि यसका शाखा विस्तार हुँदै हाल ६४ जिल्लासम्म पुगिसकेको देखिन्छ । यसैबीच नेलेसको विधानअनुसार गत वैशाख १९ गते काठमाडौँमा सम्पन्न भएको छैठौ राष्ट्रिय अधिवेशनले डा. नवराज लम्साललाई यसको तेस्रो केन्द्रीय अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

नेपाली लेखक सङ्घको उद्देश्य :

नेपाली लेखक सङ्घको विधानअनुसार यसका उद्देश्यहरु निम्नानुसार रहेका छन् :

१. सिर्जनाका माध्यमबाट लोकतान्त्रिक समाजवादी चेतना र संस्कारको विकास गर्ने,
२. बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुलवादी नेपाली समाजअनुकूल एवम् युगसापेक्ष समावेशी लोकतान्त्रिक वाङ्मयको सिर्जना र विकास गर्ने,
३. लोकतान्त्रिक सङ्घीय गणतान्त्रिक राज्यप्रणालीको प्राज्ञिक संयन्त्र, नीति, नियम निर्माणमा सघाउ पुग्ने कार्यक्रमहरु सञ्चालन गर्ने,
४. स्रष्टाहरुका हकहित एवम् अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्ने,
५. लोकतान्त्gopalरिक समाजवादी पक्षधर स्रष्टाहरुबीच एकता, सहकार्य कायम गर्दै तमाम स्रष्टाहरुबीच सद्भाव, सहकार्य र सहिष्णुता कायम गर्ने,
६. समान उद्देश्य र विचार भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबीच सम्बन्ध स्थापित गर्ने,
७. नेपालमा बोलिने विभिन्न भाषाहरुको विकास र संरक्षणका लागि अध्ययन, अनुसन्धान, प्रकाशन र अन्तर्राष्ट्रिय भाषामा अनुवादसम्बन्धी आवश्यक कार्यहरु गर्ने,
८. गोष्ठी, सेमिनार, सम्मेलन आदिका माध्यमबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्ने,
९. केन्द्रीय स्तरको स्रष्टाकोष खडा गरी पुरस्कार, सम्मान र अशक्त साधकलाई आर्थिक सहयोग प्रदान गर्ने ।

नेपाली लेखक सङ्घ (नेलेस) ले निर्धारित गरेका उपर्युक्त उद्देश्य प्राप्तिका लागि नवनिर्वाचित अध्यक्ष डा. नवराज लम्सालका वरिष्ठ उपाध्यक्षमा प्राज्ञ श्रवण मुकारुङ र महिला उपाध्यक्षमा प्राज्ञ बेन्जू शर्मा निर्वाचित भएका छन् भने महासचिवमा युवा लेखक रत्नमणि नेपाल चयन भएका छन् । नेपालको नयाँ संविधान (२०७२) को प्रादेशिक संरचनाअनुसार प्रदेश नं. १ का उपाध्यक्ष मोरङका कवि एवम् प्राज्ञ विवश पोख्रेल सर्वसम्मतिबाट छानिएका छन् । मोरङकी राधिका गुरागाईंले प्रदेश नं. १ का महिला साहित्यकारको प्रतिनिधित्व गर्दै केन्द्रीय समितिमा सदस्य पद हात पारेकी छन् । सचिव पदमा नयाँ लेख सुरेश सुवेदी आएका छन् । समग्र केन्द्रीय समितिमा ६३ जना रहने हुँदा लेखकहरुमा ठूलो उत्साह पैmलिएको छ । प्रसिद्ध साहित्यकार ज्ञानुवाकर पौडेलसमेत यस सङ्घमा निर्वाचित भएका छन् ।

सुनसरीमा नेपाली लेखक सङ्घ :

पूर्वाञ्चलको सुनसरी जिल्लामा २०६५ देखि नै नेपाली लेखक सङ्घ सङ्गठित रहेको छ । यसका प्रथम (२०६५) अध्यक्ष गिरिराज आचार्य थिए भने २०६९ देखि यसका अध्यक्ष भीष्म काप्mले भएका हुन् । काप्mलेको कार्यसमितिमा स्व. चन्द्रमणि अधिकारी पनि आबद्ध रहेका थिए । २०७३ साल वैशाख १५ गते सम्पन्न अधिवेशनले प्रा.डा. गोपाल भण्डारीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा हर्ष सुब्बा, सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा भवानीशंकर भट्टराई तथा सदस्यहरुमा आनन्दप्रसाद आचार्य, बद्री पलिखे, कुमुद अधिकारी, पुरुषोत्तम घिमिरे, बाबुराम सुवेदी, रामजी तिम्सिना र हिक्मत खड्का रहेका छन् । सल्लाहकारहरुमा अधिवेशनबाटै गिरिराज आचार्य, भीष्म काप्mले तथा सिद्धिकर्ण शर्मा चयन भएका थिए ।

उपसंहार :

नेपाली लेखक सङ्घ एउटा ऐतिहासिक साहित्यिक संस्था हो । यसले साहित्यमा देवकोटा, वीपी, सिद्धिचरण, गोठाले, व्यथित र तिवारीहरुले निर्माण गरेको भाव र स्वरलाई व्यापकता प्रदान गर्दछ भने सम्पूर्ण कवि, लेखक, सम्पादन र पत्रकार वर्गका सामूहिक भावनालाई एकताका सूत्रमा आबद्ध गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यो सङ्घ ‘सर्वजनहितायः सर्वजन सुखाय’ मा विश्वास गर्दछ ।

(लेखक सङ्घका केन्द्रीय सदस्य हुन् ।)

(स्रोत : ब्लाष्ट राष्ट्रिय दैनिक)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.