~किरण खरेल~
तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ
एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ
मेरो गीत घोच्ने औँला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथेँ म
तिमीलाई देबताको बरदान ठान्दथेँ म
तिमीले चुमेका औँलाहरू ………
तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सी भाग्न थाले मैदेखि तर्कितर्की
तिमीले चुमेका औँलाहरू ………………
शब्द : किरण खरेल
स्वर : माणीकरत्न
सङ्गीत : शिवशङ्कर