~बिपस्वी~
आऊ मेरो सपनामा साझेदार बन
आऊ नयाँ आशामा हिस्सेदार बन
मेटिदेऊ अव त यो दुरी तिमी
आऊ मेरो जीवनमा प्यार बन
उजाडताको यो पराकाष्ट भो
आऊ मौषम हरियाली बहार बन
अन्योलको बादल मडारिएको बेला
आउ जीवनको दह्रो आधार बन
भत्किएको पुरानो दुनियाँ छोड
आऊ मेरो नयाँ संसार बन ।।
Bipaswi **
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)