गीत : तिमी आफूलाई अप्सरा

~किरण खरेल~

तिमी आफूलाई अप्सरा भनी ठान्दछौ भने
म आफूलाई देवता किन भनी नठानु
तिमी आफूलाई अप्सरा ………..

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे
लाखौँमा एक हुन्छन् तिमीजस्ती भन्छन् मान्छे
म पनि त तिमीलाई लोभ्याइ राख्न सक्छु
छिनमै रुवाउन सक्छु छिनमै हँसाउन सक्छु
तिमी आफूलाई अप्सरा …………

फुलको त के कुरा भो र बसन्तै दास तिम्रो
अमृत मगमगाउछ सँगाली सास तिम्रो
म पनि त पत्थरलाई प्रेमले पगाल्न सक्छु
मायाले जित्न सक्छु आफ्नो बनाउन सक्छु
तिमी आफूलाई अप्सरा …………

शब्द : किरण खरेल ,
सङ्गीत : चन्द्रराज शर्मा ,
स्वर : कन्हैया कुमार जोशी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.