~शाया मोक्तान~
तिम्रो कहिल्यै थिइन म आफ्नो पनको आभास दियौ किन ?
मायाको भोको प्यासी थिइ म प्रेम मिश्रित गास दियौ किन ?
एक्लै एक्लै थिइ म सधैं यहाँ आफन्तहरुको भिडमा नि ।
खुशिको हार बनि आई जिबन मलाई खास दियौ किन ?
हिलो बिचको कमल थिइ म दुर्गन्धमा पनि फुल्न सक्ने ।
काँडा बिचको गुलाफ बनि लठ्ठ पार्ने सुवास दियौ किन ?
जिउँदो लाश भैई पलपल मरि सकेकी थिई म फेरि
पनि देबदास बनि छाती बिच जिउने सास दियौ किन ?
पल्लो घाटमा थिए पहिले वल्लो घाटमा सारे पछि फेरि ।
मेरा लागी धड्किने मुटुमा अरुलाई नै बास दियौ किन ?
शाया मोक्तान
हाल- ललितपुर ,गोदावरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )