लघुकथा : राज्य

~यकिना अगाध~

शहरको व्यस्त चोकमा उभिएका ट्राफिक प्रहरी चालकहरुलाई दिशानिर्देश गर्दै थियो । त्यही समयमा एकजना लिखुरे साइकिल यात्रीले ट्राफिक नियमको उल्लंघन गर्नपुग्यो । ट्राफिक प्रहरी उमाथि एक्कासी बाघझैं झम्टियो र केही नभनी थप्पड लगायो ।

फेरि उ चोकमा उभिएर दिशानिर्देश गर्नथाल्यो । उ दौडदै गयो र मोटरसाइकिलको चाबी खोसेर चुपचाप फर्कियो । मटरसाइकिल चालक उसको छेउमा उभिएर गनगनिइ रह्यो । केहीबेर पछि यात्रुवाहक सवारी साधानले नियम उल्लंघन गर्नपुग्यो । उ सरासर गयो र चालकको चालकअनुमतिपत्र लिएर बील काटेर छाड्यो ।

समय एवंरीतले चल्दै थियो । एक भिआइपीको गाडीले पनि यसरी नै नियम उल्लंघन गर्नपुग्यो । उसले पहिला सलामी ठोक्यो र विनम्रतापूर्वक अनुरोध गर्यो– हजुर ! यसो नियम कानुनको पनि ख्याल गरिदिनु भए हुन्थ्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.