गजल : मन मुटु मिलाइ सकेँ

~राज अनुराग~

माया तिमीलाइ गर्छु भनी मन मुटु मिलाइ सकेँ
बाचा गरी आधा होइन पुरै दिल मिलाइ सकेँ ।

सबै चाह तिम्रा मेरा साझा हुने कसम गरी
चाहनालाइ फुलाइ दिन्छु भन्ने प्रण दिलाइ सकेँ ।

बिछोडको पिंडा सँगै झुत्रो भाको यो मन मेरो
पिँडा सबै छोप्ने गरी यो मन मैले सिलाइ सकेँ ।

त्यो दुख नि मेरै मानी स्विकारेर बस्छु भनी
तिम्रो दुख यो दिल भित्र हाँसी हाँसी छिराइ सकेँ ।

जीवन भरी साथ दिइ सँगै बस्ने बाचा गरी
कुण्डलीको मिलान गराइ शुभ साइत जुराइ सकेँ ।

राजकुमार बास्तोला “राज अनुराग”
इनरुवा न पा ५ सुनसरी
हालः जुवा, साउथ सुडान ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.