~अमृत सिङ थिङ~
मनको ढोका फोरेर उ दिल भित्र पस्यो
आत्मा समर्पण गरेर जेल भित्र पस्यो
अजात घुमिरहने माछाको एक बथान
माझी दाइले खेलिरहने जाल भित्र पस्यो
धान पाकेपछी खेत डुल्दै हिड्ने मुसा बा
आफ्नो भकारी भरेर पर्खाल भित्र पस्यो
मैले नाँच्दा गाउदा रमाउने जुन तारा
गर्जियो आकाश भागेर बादल भित्र पस्यो
महङ्गीले चुलो बल्न छोडेपछि आमाहरु
गिठ्ठी र भ्याकुर खोज्न जङ्गल भित्र पस्यो ।
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )