कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~

जब नागरिकताबाट देश हराउँछ,
जब अदालतबाट न्याय कैद हुन्छ,
जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन,
लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन ।
आमाहरुको विरुद्ध,
महिलाहरूको विरुद्ध,
निर्मलाहरुको विरुद्ध,
राज्यले बलात्कार गरिरहेछ, सदियौदेखि
बलात्कारी राज्य होसियार !

सयौ हजार मलिन जिन्दगीभन्दा,
बहुत चर्कोसँग गर्जन्छ समाजवादको सिद्धान्त
ए, खुनिसत्ता आईज
सबै महिलाहरुको बलात्कार गर !
सबै पुरुषहरुको बलात्कार गर !
बलात्कार गर ! सबै सबै निर्मलाहरुको !
समाजवादी राज्य साम्यवादको यात्रामा,
साम्यवादमा सब बराबर
सबैलाई बराबरी बलात्कार,
समाजवाद मुवारक !
साम्यवाद मुवारक !!

बलात्कार राष्ट्रिय चाड,
प्रत्येक घर, प्रत्येक टोल, प्रत्येक समाजमा
उत्सवहरुमा, रंगोलीहरुमा, मेलाहरुमा
होटलमा, विद्यालयमा, मन्दिरहरुमा
सबै सबैतिर बलात्कारीको स्थानीय सरकार
ए मान्छे भनाउँदाहरु, मलाई बताईदेउ
बलात्कारीलाई अब
राष्ट्रिय विभुती बनाउने कि राष्ट्रिय जनावर ?

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.