~कमल बाबुरो~
छन्द : अनुष्टुप
फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ
मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ
कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि
मान्छेका मुखमा हेर , बात धेरै अटाउछ
लुकाए प्रतिभा हेर, मनभित्रै हराउँछ
जनका माझ देखाए ,अझ माथि पुर्याउछ
बच्चामा हेर बाँसैंलै ,उच्च गुण देखाउँछ
मनमै स्वार्थ हुन्छ ह, मुख आदर्श देखाउछ
कुराले ठिक्क पार्छ है छुरा पछि रटाउँछ
गर्न ती काम थालेमा , एकमानै हराउँछ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)