गजल : दुखेको छ मलाई पनि

~मिलन ढुङ्गाना~

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।

दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो
फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि ।

खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर
अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

नकाटिँदै आधिबाटो किनारामै तिम्लाई छाडी
एक्लै साथी खोला तर्दा दुखेको छ मलाई पनि ।

रमाइलो त्यो तिम्रो शहर उराठ लाग्दो बनाएर
खुसीहरु बसाइँ सर्दा दुखेको छ मलाई पनि ।

वसन्तमा टुसाएका कलिला ति मुनामाथी
निर्दयीले तेजाव छर्दा दुखेको छ मलाई पनि ।

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.