~स्पन्दन बिनोद~
छोईसक्नु छैन महंगीले, जुनै बजार धाउनू
प्रदेशमै माईती मेरा, कसरी तीज मनाउनु
पतीदेवलाई ब्रत बसि, खुसि पार्छु महादेव
पतिदेव मलाई सम्झि, कहिले हो आउनु
चन्द्रमा नि सिरबन्दी नि शिरमै छन् संगीका
आफ्ना भने साहूलाई तिरेँ, कहिले हो बनाउनु
लाउरेनीका बुलाकि र, ठूला झुम्का देख्दा
लाग्छ छड्के तिल्लहरी पो, कसरी झुण्डाउनु
चलन आयो दर खाने, महिना दिन अघि नै
दारू बिना तीज मान्न, कस्ले सिकाउनु
-स्पन्दन बिनोद, लण्डन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )