कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

नरुनु पैसालाई
नधुनु पैसालाई
एउटा माध्यम चाहिन्छ
इन्द्रियको सत्ता छ मनसँग ।
घरको लालपूर्जा तपाईंसँग छ
तपाईंको लालपूर्जा कोसँग छ ?
खोला तपाईंको हो ? र
धर्म हृदयमा हुन्छ
कर्म हातमा हुन्छ
तर पैसा कसैको होइन ।
मान्नुस्- पृथ्वी पैसा हो
जल पैसा हो
आकाश पैसा हो
तेज पैसा हो
वायु पैसा हो ।
तारा के हो ?
नक्षत्र के हो ?
ब्रह्माण्ड के हो ?
जल-थलचर पैसै होला
तर यो माया हो
तृष्णा नगर ।
पत्नी कसको हो ?
छोरा-छोरी कसको हो ?
तमसुक छैन ।
दौलत मद हो- मन नफाल
दृश्य सबै झुटा हो- कट्टर नबन ।
हुन त फोकटमा
एक फाँको कनिका कसैले दिँदैन
मुटु चले धन हो देह
नत्र त्यो मिथ्या ।
तमगुण बढ्दै छ
ब्रह्माको सय वर्ष पुग्दै छ ।

– पाल्पा, रामपुर-३, हाल : सामाखुसी

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.