~रमेश भट्टराई ‘सहृदयी’~
मात्र पैसा देख्छ मान्छे
माया एउटा लेख्छ मान्छे
बोकी टेन्सन सधैँ जसो
बोझ शिरमा थेग्छ मान्छे
छैन फुर्सद निद्रा भाग्यो
आफ्नै तालु सेक्छ मान्छे
बालापन बित्छ यौवन
वृद्ध लौरी टेक्छ मान्छे
घुम्दा घुम्दै मनको भावमा
जीवन एउटा फेंक्छ मान्छे