~सरल सहयात्री पौडेल~
मलाइ आरोप छ मेरा मित्रहरुको
तš किन सोलोडोलो वन्न थालिस ?
तš मान्छे त्यसतो होइनस्
तेरो मन किन भंगालिएको छ ?
साथी,
मलाइ मेरो मनको अर्को आरोपापनि छ
तš किन चुपचाप वस्ने गर्छस् ?
तš मान्छे त्यस्तो थिइनस्
तलाइ के भएको छ आजकाल ?
अनि मेरो आफ्नै प्रश्न छ
मलाइ के भएको छ आजकाल ?
कतै मेरो आखाको खराबी पो होकि भनी
मैले मेरो आखाको उपचार गर्न खोजें
डाक्टरले आखाको कमजोरि देखाइदिए
शक्तिदार चस्मा लगाउने उपाए सिकाइदिए
तर झन झन मेरो आखा खराब भयो
म झन स्पस्ट देख्न थालें मेरो हृदयका देवताहरुलाइ
उनीहरु एकसेएक नालिमा डुबिरहेछन्
मेरा आस्थाका खम्वाहरु
मन्ध गतिमा ढलिरहेछन
सबका हातमा हतियार छ सबका टाउका रक्तमुछेल छ
मैले फेरि प्रश्न गर्नै पर्नेभयो
हे माहा‘‘‘,
मलाइ किन यस्तो दृष्टिभ्रम भयो ?
अन्तमा मैले निर्णय गरें
दोष अरुको होइन
दोष मेरै आखाको हो
त्यसैले मेरो आफ्नो आखैं फुटाइदिए
आखिर ,,
मेरो आफ्नै भगवानलाइ गलत देख्ने मेरो आखा मलाइ के काम ?
मैले मेरो मनलाइ सान्तवना दिदैं भनें ।
तर‘‘‘‘‘।।
तर मेरो मनले महशुष गर्न छाडेन
मेरो मनको आखाले मलाइ सुचना दिइनै रहयो
तिम्रो महादेव,
तिम्रो पार्वती माता,
तिम्रो गणेश र तिम्रा कुमारहरु
कोहि डुवेकाछन् नालिहरुमा
कोहि झुमेका छन् सुरा र सुन्दरिहरुमा
राम्रा ठानिएका कुमारहरुपनि
डुव्ने वा झुम्ने तयारिमा छन् ।
प्रिय साथी
वास्तवमा मेरो मन नै खराब हो
तिमीले थाहा पाइराख्न जरुरी छ
यसको मुख्य दोष के छ भने
विशाल नर्क कुण्डमा डुब्ने
वा नर्कको एकचिम्टी चाख्ने दुवैलाइ
एउटै एउटै देखीदिन्छ
मित्र तिमीले दुख मान्नु पर्दैन
ती हाम्रा महादेव पार्वती, गणेश र कुमारहरु भन्दा
मेरै मन दोषि हो ।
– सरल सहयात्री
२०६८ आश्विन ८
September 25, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)