~किरण खरेल~
केटा –
नमान लाज यस्तरी,
(कि झुम्छ जिन्दगी मेरो)x२
केटी –
नआऊ सामू यस्तरी,
(कि अड्छ ढुकढुकी मेरो)x२
नआऊ सामू यस्तरी@साहित्य सङ्ग्रहालय
केटा –
त्यो घुम्टो म उचालूँ कि,
मुहार त्यो नियालूँ कि
भूलेर आफूलाई नै,
(हजुर मै हराऊँ कि)x२
न मान लाज (यस्तरी)Xयुगल
केटी-
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
केटी-
यो बैँसमा बतासिँदै,
नआऊ न आकासिँदै
के थाह भोलि कल्पिई,
(रुनु छ कि निसासिँदै )X२
नआऊ सामु (यस्तरी)Xयुगल
केटा –
कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी
केटा –
यता उता नशा छरौँ,
मीठा मीठा कुरा गरौँ
कि हामी एक अर्काको,
(नगिच मै जिऔँ मरौँ )X२
नमान लाज (यस्तरी)Xयुगल
केटी-
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
@साहित्य सङ्ग्रहालय
केटी-
जतन गरेको दिल मेरो,
नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु,
(हुने हो कि यो भूल मेरो)X२
नआऊ सामु (यस्तरी)Xयुगल
युगल –
कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो,
कि झुम्छ जिन्दगी मेरो,
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामू यस्तरी
नमान लाज यस्तरी
शब्द : किरण खरेल
स्वर : प्रेमध्वज प्रधान , उषा मङ्गेश्कर
सङ्गीत : जयदेव
चलचित्र : माईतीघर