गजल : झर्ने जीवनका लागि

~अमला अधिकारी~

आज फुल्ने भोलि झर्ने जीवनका लागि
मरिहत्ते गर्नु छ एउटा कफनका लागि

तिमी मान्छे मारेर शान्ति पाउँछौ भने
अर्जाप हतियार मेरो गर्धनका लागि

जतिपल्ट चुँडिन्छ फूल देउताको लागि
त्यति चुँडिएको छ यो मन त्यो मनका लागि

सधैँ  सधैँ समय अनुकूल कहाँ हुन्छ र
औँशीको जूनलाई हेर उदाहरणका लागि ।

– अधिकारी सिन्धुलीमा शिक्षण पेशामा आवद्ध छन्। उनका ‘आगो’,’अमला’ र ‘आरन’ गजलसंग्रह प्रकाशित छन्।

अमला अधिकारी,
सिन्धुली

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.