~तारा कट्टेल~
आमा म तिमीलाई जन्माउन चाहन्छु
मेरो कोखबाट मभित्र को “म” लाई
आमा बनाउन चाहन्छु
मलाई जन्माउदा जुन पिडा
तिमीले भोगेउ तै पिडा म पनि
पिउन चाहन्छु घटघट
जसरी तिम्रो छातीको दुध पियेथे मैले
मेरो ताते ताते गोडा मा तेल लगाएर
मुसारे जस्तै गरि तिम्रो गोडा मुसार्न चाहन्छु
हो आमा म तिमीलाई जन्माउन चाहन्छु ।
तिम्रो याद लाई म गन्न चाहन्न
गनेर पनि भन्न चाहन्न कती याद आयो तिम्रो
जब म आमा बन्दैथिए तेतिबेला
जब म चिच्याउदै थिए तेतिबेला
जब म दुखाइ सहन नसकी मुर्छा पर्दै थिए तेतिबेला
हो तेतिबेला धेरै सम्झिये मैले तिमी लाई
मलाई जन्माउदा तिमीलाई पनि येस्तै पिडा भयो होला भनी
कति दुख्यो होला तिमीलाई भनी सम्झिएे
म प्रसब मा थिए तर पनि तिमीलाई सम्झिये आमा
अब भन सन्तान को आगमनमा कत्ती सम्म सहन शक्ती रैछ तिमी मा
मलाई देखेर मुस्कुराइ सारा पिडा भुलेउ
म चिँहा चिँहा रुदा तिमी मुस्कुराएकी थियौ
म जन्मेर त तिमी सिर्जना कि मुहान बनेकी थिएउ
जन्माउन चाहन्छु म तिमीलाई फेरी र आफै पनि
जन्मिन चाहन्छु एकपटक धर्ती बन्न चाहन्छु
सन्तानको आगमनमा आँखाहरु
टट्याईन्जेल हेरी रहदा भनेकी थियौ तिमीले के आमा बन्न सजिलो रैछ त???
मैले केहि नबोली मुण्टो निहुराइ हास्दा तिमीले उत्तर पाइसकेकि थियौ
आमा बनिसकेपछी
तिमीमा ईस्वरिय शक्ति देखे
तिमीले पाएको बरदान देखे
वा साच्चै यो दुनियाँमा सबै भन्दा भाग्यमनी म अनी मेरी आमा
साच्चै म तिमीलाई जनमाउन चाहन्छु आमा
माता तिर्थ औशी विशेष