कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~

मुस्किलको कुहिरोले
आउंछन गोरेटाहरु कठिनाईको पनि ।
हेर्दा खेरी देखीदैन मार्ग अनि ।
मुस्किलको कुहिरोले ढाकिएको
हुन्छ टाढै सम्म पनि ।

निराशाको बादलले छेापीदिएको
हुन्छ हर मोडलाई अनि ।
देख्न सकिदैन यो भन्दा
अगाडि अर्को बाटो छ भनि ।

िहंडदै जानु पर्दछ कति लामो रहेछ
बाटो भनी थाह हुन्छ अनि ।
बाटोमा मोडहरु आई रहन्छ अनेक थरी ।
दोबाटोहरु आईरहन्छन छ्यास छ्यास्ति ।
दिमागलाई नै भ्मित गराउने गरि ।

हर मोड संग जिन्दगीलाई परीबर्तन गराउन
सक्ने छमता हुनु पर्दछ आफैमा पनि ।
हर मोडमा आउंछन दुई मार्गहरु
एउटा सुमार्ग अर्को कुमार्ग ।

सुमार्गमा िहंडे आफ्रनै कल्याण हुन्छ ।
कुमार्गमा लागे आफ्रनै हुन्छ अहित ।
पाईला चाल्दा संधै सोचेर
बुझेर चाल्नु पर्दछ ।
अनि आत्म बिश्वासलाई दृर्ढ बनाएर
सदमार्गमानै अगि बढनु पर्दछ ।

अन्यथा जिन्दगीको अर्थ हुन्छ माटो सरी ।
जिन्दगी बिति दिन्छ ब्यर्थ भई ।
अस्तित्वबिहिन जिन्दगी जिउन
गाहा्रे हुन्छ आफैलाई पनि

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.