कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~bimal-gurung

जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद
खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद
पर्सि/निकोर्सि मुर्दाबाद
जाँच सकिएपछि मुर्दाबाद
अहिले अल्छि लागिरहेछ
चौकबाट हावा खाएर आएपछि मुर्दाबाद
राती हल्ला हुंदैन
राती मात्र मुर्दाबाद !

जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

मेरो हालत यो भइसक्यो
मैले बुझ्नुपर्थ्यो उहिले नै यो कि
जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

अहिले नै गरेनौं भने
पछि तिमी कहिले पनि गर्न सक्दैनौ
तिम्रो मृत्युको खबर
तिम्रै चौकका सदस्यहरुले पनि
पाउने छैनन्
हो, पाउने छैनन् ।

सिगरेटको तलतल लागिरहेछ
एकक्षण चोकतिर जानुपर्ला जस्तो छ
चोकबाट सिगरेट ल्याएपछि मुर्दाबाद
कोठामा ‘खुदगर्ज’ को गीत छ
एष्ट्रे छैन
छेमाको कोठाबाट एष्ट्रे ल्याएपछि मुर्दाबाद
कोठा मैला छ
कोठा सफा गरेपछि मुर्दाबाद ।

आजै गर
आजै गर
जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

अहिले मुडै छैन मुर्दाबाद
मुड भएको बेला मुर्दाबाद
अहिल्यै गर
जे गर्नुछ अहिल्यै गर
जति
हो जति गर्नुछ अहिल्यै गर ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.