~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए
बत्तीदेखि बस्तीसम्म मितेरी धुन साँध्न पाए ।
बुद्ध फेरि जन्मिन्थे कि बम र बारुद लुकाएर,
भुलदेखि फूलसम्म संसार सारा साँच्न पाए ।
राता नदी हरिया बग्थे, पवित्र र चोखा बन्थे,
मेचीदेखि कालीसम्म एउटै मुटु बाँच्न पाए ।
टाढा छैन गन्तव्य त्यो, लानु छैन मरेर क्वै,
हितदेखि मितसम्म मनको पि्रत गाँस्न पाए ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सारा साथमा,
सागरदेखि शिखरसम्म मुलुक स्वच्छ हाँक्न पाए ।
gopiji2065@gmail.com
झापा, नेपाल
(स्रोत : मधुपर्क २०६५ पुस)