~शाया मोक्तान~
लिलाम मा राखे जवानी ग्राहक छन् किन्छ सबैले ।
बाटोमा ढुङ्गा राखे भगवान भनी ढोगी दिन्छ सबैले ।
सबैलाई कुल्चिएर अघि जाउ भन्ने स्वार्थी समाज हो यो
मान्छेलाई मान्छे हो भनी यो दुनियाँमा कहाँ चिन्छ सबैले ।
शाया मोक्तान
हाल- ललितपुर ,गोदावरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )