कविता : कठै मेरो देश

~ऋतिक यादव~

वीर गोर्खालीको साहसले परिचित देश
शान्तीको दुत बुद्ध जन्माएको देश
सर्वोच्च शिखर सगरमाथा भएको देश
मन्दीरै मन्दिरले भरिएको सुन्दर देश
कुनै पनि कुराको कमी छैन
कमी छ त केवल
कुशल,निष्पक्ष र इमान्दार नेतृत्वको
कमी छ त केवल,
देशभक्त निडर प्रशासकको
विडम्बना विकराल छ,
अनियमितता र भ्रष्टाचार व्यापक छ
बलत्कार र अपहरण बढ्दो छ
हरेक क्षेत्र विकृतिको कठघरामा फसेछ
कठै मेरो देश !
पैसा र पावरमा हाम्रो कानुन बिक्छ
यसबाट अगामी पुस्ताले के सिक्छ ?
गरिबले जन्मदर्ता र मृत्युदर्ता गर्नसमेत
पावर लगाउनुपर्छ, घुस खुवाउनुपर्छ
गरिब जनतामा करको बोझ लगाईन्छ
माननीयको भत्ताको दर बढाइन्छ
जनता सिटामोल नपाएर छट्पटाउँदै छन्
कठै मेरो देश !

– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.