~दिल थापा~
राज्यसत्ताको बागदोर समाल्नेहरु थला पेरिसकेका थिए ।आन्तारिक र बाह्य शक्तिको बैसाकिको साहारामा जेनतेन आफ्नो पाहिलाहरु चालिरहेका थिए ।माओवादी जनयुद्धले थिलोथिलो परेको जनमानस दिनहुँ विद्रोही र राज्यतर्फबाट त्रसित भैरहन्थे ।साटो गएको बच्चाजस्तै झ्स्की रहन्थे ।
तत्कालिन समयमा माओवादिले आफ्नो आधार इलाका र बिकट गाँउका भौतिक र अभौतिक चिजबिज सबैलाई राज्यबिरुद्ध लड्ने कामरेट जस्तै ठान्थे भने राज्य पक्षले भने आकान्ताकारी ।यस्तो पदचापभित्र रहेर नेपाली जनताहरुले आफ्नो जीवनयापन व्यतित गर्थे । चैत बैशाखमासमा खडेरिको बेला जसरि डढेलो लागी वनजङ्गल सखाप पारेको थियो त्यसरी नै विश्वमान चित्रमा अवस्थित सानो पित्को नेपाललाई जनयुद्धले सखाप पार्न लागिसकेको थियो । म जन्मेको गाँउ सिमलिपुरलाई पनि जनयुद्धको बाछिटो छोइसकेको थियो । गाँउगाँउमा, टोलटोलमा क्रातिका भाषणहरु सुनिन थालिसकेको थियो ।क्रान्तीका रक्तिम संगीत समुहका गितहरु सुनिन थालिसकेको थियो । बन्दुकका सङ्गिनबाट गोलिका लयबद्ध आवाज सुनिन थलिसकेको थियो ।
पुस माघको महिना थियो ।लेक , फाँटहरु सेती घुम्टोभित्र लुकिकी थिइ । बिहानिको रोशनिले त्यो सेती घुम्टोमा लुकिकी लेक , फाँटहरु सारा प्रकृतिलाई नै घुम्टो उघारी हेर्न खोजे जस्तो लाग्थो ति शुन्यताहरुलाई तोडदै ।म बिहानि खाजा खाएर बेशी झर्दै थिए । इशाने खत्री बाजेसँग मेरो चितुवाभिरको घुम्तिमा भेट भयो । खत्री बाजे पनि कामले फाँटतिर साइत पार्नु भाको रहिछ । खत्री बाजेले कम्मरमा भिरेको खुरपेटोको आवाज चारकोश टाढा सम्म पनि सुनिथ्यो । मलाई सानोमा खत्री बाजेले भिरेको खुरपेटोको आवाज र जिम्माल मुखियाँले शहरबाट सरसामान ल्याउदा आगाडी हिंड्ने खच्चरले बजाएको घण्टाको आवाज एकै लाग्थ्यो ।तर आज खत्री बाजेको खुरपाटेको त्यो आवाज सुनिन ।सयाद मओवादिका क्रातिका आवाजसामु डरले होला क्यारा ।मलाई देख्ने बित्तिकै खत्री बाजेले सोधिहाले-
ए केटा कतातिर हिडिस् ? एकाबिहानै डर लाग्दैन तँलाई तरुनी मुन्छे ख्याल गरेर हिडेस् । फेरी माओवादी कि खाओवादि के भन्ने जातले तुलाई पनि सेबिका नानिलाई जस्तै लिएर जाला बाबै ।समय राम्रो छैन हेर ।भने खत्री बाजेको कुरा सुनिरहे केहि बोलिन ।
उनि हिजो राती माओवादिसँग गैन रे भन्ने व्यापक हल्ला गाँउभरी भो ।केटीको जात भएर पनि त्यस्तो निर्णय कसरी लिइन त्यसले भन्ने कुरामा सबै जना छक्क परे । अलि उमेर खाकाहरुले कली युग लागेको हो भन्थे ।म पनि उनको निर्णयबाट एकदम उकुसमुकुस भएको थिए । उसलाई मैले मओवादिमा प्रवेश गर्नु भन्दा आगाडी तुर्के भिरतिर घाँस काट्न जादा सोधेको थिए- “गरीबधारी व्यक्तिको नजिक जादाँ तिमीलाई कस्तो गन्ध आउछ ? र प्रेमको प्रचण्द रापले भरिएको प्रेमवाला व्यक्तीको नजिक जादाँ तिमीलाई कस्तो बासाना आउछ ? भन्ने प्रश्न मैले उसलाई सोध्दा मलाई त दुवैबाट एकै किसिमको सुगन्ध आउछ भनेकी थिई ।”आज सम्झ्दा लाग्छ, उसले मेरो गरीबको गन्ध र मेरो प्रेमको बासाना थाहा पाईसकी थिई ।मैले जसरि नै उसले पनि विद््धालय शिक्षाका अक्षरहरु गन्दै थिई ।मओवादिले राज्यसत्ता प्राप्ती हुने बाँकी दिनहरु गन्दै थिए होला ।मलाई त के थाहा आफु पढेको अक्षरको शाब्दिक अर्थ पनि त बिर्सदै गैरहेका थिए ।विद्रोही र राज्यको दिनप्रतिदिनको रापतापले । तर सेबिकाको मष्तिस्क भने माओवादिको रापतापले ताटेको सेकुवा जस्तै मिठो बासाना लिइदै मजबुत भैसकेको रहिछ ।म ग्वाँकलाई थाहा नै भएन ।
ऊ समाज परिवर्तनका लागी हिडिकी थिईन जस्तो लाग्छ आज भोली सम्झ्दा ।माक्सवाद ,लेलिनवाद , माओवादका मन्त्रहरु जनवादी राज्यप्राप्ती सँयन्त्रलाई मष्तिस्कमा बोकेर ।उसको घरको आर्थिक अवस्था पनि त राम्रो थिएन ।त्यसैले पनि होला उसमा वर्ग सङ्घषको राजनीतिकले छोयो ।उसको घरमा दमको बिरामीले पीडित बाबा, दिनरात उकाली ओराली गरिरहने कमजोर आमा र चार पाँच जना भाई बहिनिहरुलाई पाल्नु पर्ने र शिक्षा दिक्षा दिनुपर्ने नैतिक दबाव सायद उसले शारिरिक र मानसिक रुपले थिग्न सकिन ।त्यसैले होला अरु कामरेटहरुले जस्तै समाजवादको कच्ची र कङ्कृत रुटमा हिंड्न राजी भइन ।
गाँउका सबै मानिस गरीबिको जाटोमा साटु पिल्सिएझै पिल्सिएका थिए ।तर ज्यादा सेबिकाको परिवार गरीबिको रेखामुनी थिए ।बिहान बेलुका कसरी मुख तार्ने उसको परिवारका लागी पिरलो विषय बनिरहन्थ्यो ।त्यसैले होला उनि मओवादिका रातो झण्डाबाट पूर्ण प्रभावित थिइन ।त्यसैले त होला उनि माओवादिमा लाग्नु भन्दा अगाडी मेरो प्रेममा हुँदा मेरो गरीबिले कलमी गरेर सिँचाइ गरेको म र मेरो प्रेमको बास्ना उनले खुब मन पराउथिन ।उनको र मेरो बाटाहरु फरक फरक भए लक्ष्य पनि ।उनी मुक्तिको अबिराम यात्रामा थिइन क्यारा । गाउँमा आइकी बेला भेट हुँदा वुर्जुवा शिक्षा ,सामन्ती शासक बिरुद्ध लड्नु छ पनि भन्थी । जोसिली पारामा ।जनवादी शिक्षाको बारेमा उनको र मेरो एक रात राम्रै बहस भो । उनिसँग ठुलो ठुलो स्वरमा बहस गर्दा मेरी आमै कती सारो डराइकी थिइन ।अब सेबिका माओवादिनिसँग बोल्नु पर्दैन पनि भन्नुहुन्थ्यो । तर मलाई उनिसँग बोल्नु थियो ।अतित ओकाल्नु थियो । तर समय कहिले पाँइन । मेरी सेबिका , सेबिकाबाट जलजला नाम कि भएर गाँउ आइसकेकी थिई ।तर मैले भने सेबिकालाई जलजलाको रुपमा कहिल्यै देखिन् । ऊ मलाई म मायावादको मन्त्रबाट मन्त्रमुद्ध हुँदा माओवादितिर मुक्तिवादतिर प्यार गर्न गएकी थिई ।
समयको गती न हो मैले स्कुल तहको पढाई सकाई सदुरमुकाम पढ्न झरे । क्याम्पसतिर पढ्न थाले । म बेला बेलामा गाँउ जादा ऊ मलाई गांउ आइकि बेलामा भेट्न आउथिई ।ऊमा मैले कती परिवर्तनहरु देख्थे । लगाएको लुगामा, विचारमा, बोलिमा सबै कुरामा ।आफुलाई पनि कहिले काँही त लाग्थ्यो म पनि हिडुँ क्यारा ।मेरो बाबा आमाले गाली नगर्नु भाको भए सायाद हिद्थे होला पनि ।सेबिकाको माया र साथ पाउनको लागी भए पनि । तर सुनेको थिए क्रान्तीमा हुमिनेहरु प्रेम गर्दैन भनेर । अनि गर्नु पनि हुन्न भनेर ।ऊसँग एकदिन सोध्न खोज्दै थिए । उसको कामरेट प्रभाकर आएर सोध्नै पाँइन ।
ऊ माओवादीनि भए देखी हाम्रो गाँउमा जनसरकारले गाँउ चलाँउछ रे । आमैले फोनमा एकदिन मलाई आकाशावाणी गरिकी थिइन ।मैले ए हो मात्र भनि रहे । जिम्माल मुखियाँको हैकमका जराहरु सबै जलजलाकै नेत्तृत्वमा काटिदिइन रे । आज भोली झन ठुला ठुला कुरा गर्ने भैकी छिन् सम्मको कुरा आमाले मलाई सुनाउन भ्याईन ।
एकदिन म क्याम्पसको पुस्तकालयातिर आखा हिदाउदै थिए ।मेरो मोबाईलमा फोनको घन्टी बज्यो । नम्बर नयाँ थियो ।मैले फोन उठाए ।
हेलो – प्रभात तिमी कहाँ छौ ?
मैले त्यो स्वर चिन्न सकिन अनि तपाई को हो र ? भने
म जलजला के ।
मैले किन फोन गरेको ? भने
तिमीसँग मेरो काम छ भनि
मैले के काम छ र भन ? भने
उसले भनि प्रभात तिमी गांउ आएको बेलामा मलाई भेट है भएर फोन राखी ।
देशकै भविष्य के हुन्छ थाहा नभाको बेलामा मेरो भविष्य के हुन्छ ? म आफैलाई थाहा थिएन । त्यसैले मलाई मेरो आफ्नो भविष्यको खुब चिन्ता लाग्न थालिसकेको थियो ।बिहान क्याम्पसबाट आए पछी दिन भरी बिगत त भविष्यलाई मनोवादको मिटरले नाप्दा नाप्दै दिनहरु जान्थ्यो ।कहिले काही सेबिकासँगको प्रेमको अतितहरु आखा भरी ओकाल्थे । आफै रमाउठे ।लाग्थ्यो कहिले काँही त यती बिधी कल्पनमा डुबेर बस्नु हुन्न भनेर ।तर के गर्नु मेरो अरु काम पनि त थिएन ।
२५ दिनपछी
आजको मिर्मिरे बिहानिले कसैलाई बिदाई गरे जस्तै लाग्थ्यो । रोड , गल्लि, चोक सबै कसैको शोकमा मौन धारण गरे जस्तो लाग्थ्यो ।मन नै चिसिने तरिकाले । प्रकृती नै बिचलन आए जस्तो । मैले सदाको बिहान भन्दा फरक अनुभुती गरे । मलाई एकाबिहानै घरबाट फोन आयो ।मेरी सेबिका यो धर्तिमा नभएको कुरा मेरी आमाले सुनाउनु भयो । म केहि बोल्न सकिन । फोन राखी दिए । धर्ती नै भासिए जस्तो भो ।
दिल थापा मगर
दमौली तनहुँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )