कविता : देउता !!!

~रबिन पुरि~

तिम्रो नाममा मैले फुलपाती चढाए !
तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !!
धेरै बोका र रागको बली चढाए !
कत्ती कोपिलाको मुन्टो निमठे !!

तिम्रो उपनाममा देवी र देउरालीहरुमा !
शिला र तिम्राको मूर्ती बनाए !!
हरेक पाखा र पहराहरूमा !
इट्टा र ढुङ्गाको मन्दिर बनाए !!

औसी , पूर्णिमा र पञ्चयमिमा !
सिँदुर र केसरिले तिमीलाई रङगाय !!
तामा र पित्तलका थालीहरूमा !
चामल अनि फलफुल तिमीलाई टक्र्र्हाय !!

दियोमा बत्ती र धूपहरू बाली ,
घण्टाहरू बजाउँछु मन्दिरहरूमा !
पूजा पाठ र भजन क्रितन गर्छु ,
औसी र पञ्चयमीका दिनहरूमा !!

व्रत बसी प्रथाना गर्छु तिम्रो नाममा !
भगवान , ईश्वर र देउताको उपनाममा !!
दु : ख र सुखका पाटाहरूमा !
अचल , नाजवाफ र विश्वासहरूमा !!

परीक्षा मात्रै लिहीरहेने हाम्रो जीवनमा !
धैरेताको पाठ सिकाउने सँघर्सहरुमा !!
जगत्मा फैलियको तिमी मात्रै एउटा !
सबैले राखेको तिम्रो नाम देउता !!

रबिन पुरि
हाल Ras Al khaimah ,UAE

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.