~सन्तोष थापा~
अफिसबाट बिदामा घर गएको थिए असार साउनको बेला छ मानो रोपेर मुरी फलाउने बेला दिन भरी काम गर्दा गर्दै खेतमा नै साझ पर्न लागि सकेको थियो थकानले गर्दा कतिबेला घरमा पुगेर भार्लाङ्गे धाराको चार धारा मध्ये ठुलो धाराको पानीमा दिनभरीको हिलो पखालेर खाना खाएर सुत्ने भन्ने हतारो थियो । अनि निद्रा देवी पनि यति बेला त मिठो निद्रा साथमा लिएर स्वागत गर्न आतुर भएर बसेकी हुन्छीन बेडमा ढल्ने बित्तिकै सिधै निद्रा देवीको काखमा रमाउदा रमाउदै म सपनाको साथमा पुगेछु अनि मेरो सपना उनको प्रेमको साथमा ।
आजभोली कति सजिलो छ है यो माया, फेसनै भैसको अब त लब नपरेको केटा केटी र मोबाईल नबोक्ने मान्छे भेट्टाउन गाह्रो छ । लब त फेसन नै भयो रे सबैको मायालु जोडी कसैको एक दुई जना सँग मात्र नभएर तिन चार जना सँग रे दुई चार दिन माया गर्ने आफ्नो स्वार्थ पुरा गर्ने अनि छुट्टीने जसो तसो सम्बन्ध लामो भएर सँगै मर्ने सँगै बाच्ने बाचा कसम खाएर बिबाह बन्धनमा बाधिएकाहरु पनि अन्त्यमा डिभोस सम्म हुने कति सस्तो भयो है यो माया जस्ले जस्लाई गर्दा पनि हुने जति गर्दा पनि हुने धेरै थोरै जस्तो गरे पनि हुने झुटो साँचो सुरुमा त साह्रै सजिलो माया गर्न गरीबले धनिलाई, धनिले गरीबलाई, शहरकोले गाँऊकोलाई ,गाँऊकोले शहरकोलाई, काले ले गोरी लाई गोरीले कालेलाई । जब लभ पर्न सुरु हुन्छ तब माया बस्दै जान्छ मायाको गोरेटोमा अगाडी बढ्दै जादा मानिसको नयाँ जिवन शुरु हुन्छ कोही मायामा रमाउन थाल्छन कोही बौलाउन थाल्छन कोही मायामा हाँस्छन कोही रुन्छन कसैले टाईम पास गर्छन कसैले साँचो माया गर्छन आखीर जे जति गर्छन माया गर्छन ।
यस्तै यहाँ पनि सपनाको प्रेम सँग माया पिरती बसेको छ लभ परेको छ धेरै दिन सम्म प्रेमसँग भेट भएको छैन सपनालाई धेरै प्रेमको याद अनि सम्झना आइरहेको छ अनि उसले म्यासेन्जरमा मेसेज छाड्छे तिमी हिजो आज कता हरायौ मलाई भेट्न पनि आउदैनौ फेसबुक अनि अनलाइनमा पनि देख्दीन ईमोमा खोज्छु पनि भेट्दीन फोन गर्दा पनि लाग्दैन किन माया मारेको नि मलाइ तिमीले बिर्सदै गएको होला है कि म भन्दा माया गर्ने अनि राम्री अर्कै भेटेउकी के हो की म बाट कुनै गल्ती भयो र मलाई आशा छ प्रेम तिमीले यो मेसेज हेरेर मलाई रिप्लाई गर्नेछौ मेरो माया र मलाई सम्झना गर्नेछौ । मैले तिमिसंग मायाको ब्यापार गरेको छैन प्रेम ताकी हरेक कुरामा तिमिबाट मलाई फाईदा मात्र होस र घाटा भयो भने तिम्रो मेरो सम्बन्ध टाढा होस मैले त तिमिलाई चोखो माया गरेको छु यो मेरो जिवन तिम्रो हातमा सुम्पेको छु यस्तो होसकी हरेक सुख दुःखमा नाफा घाटामा दुई मुटु जोडेर हातमा हात काँधका काँध मिलाएर जिवनको यात्रा अगाडी बढाउन सकीयोस हाम्रो जिवन रहरको जिबन बनोस ताकि बाध्यताको हैन प्रिय मैले तिमी संग टाईम पास गरेको हैन तिमी सग जिवनको केही बर्षको समय मात्र बितोस र हाम्रो सम्बन्ध टुटोस मैले त सोचेको छु पुरा मेरो जिवन तिमी संगै बितोस मेरो दुःखमा तिम्रो साथ मिलोस मेरो बाँकी जिवन तिमी संगै फुलोस ।
धेरै दिन सम्म मैले गरेको मेसेजमा प्रेमको रिप्लाई आएन मान्छेबाट हरेक प्रकारका गल्तीहरु हुन्छन रे सायद मेरो जिवनमा म आफैले जानी या नजानी त्यो गल्ती गरे उसलाई माया गरेर अहिले आएर आफैलाई महशुस भएको छ । जुन समयमा आफ्नो प्राण भन्दा प्यारो मान्छे जो विना बाच्न गाह्रो हुन्छ उनिले नै चटक्क बिर्सदा वा आफु देखि टाढा हुदा सायद सबैलाई यस्तै हुन्छ होला है जुन आज मलाई भैरहेको छ ।अब त म तिमी बिना एकपल पनि बाच्न नसक्ने भएको छु । अब त तिमी विना मेरो जिवन सिम कार्ड विनाको मोबाइल टावर विनाको नेटवर्क जस्तै हुन्छ अब हामी बाँकी जिवन सँगै बिताउनी है ल म उसलाई फोनमा र च्याटमा भन्थे उसले हुन्छ भन्थ्यो अब त उ बिना म र म बिना उ छुटेर बाच्न नसक्ने भै सकेका थियौ उसको साथ उसको याद उसको माया अनि साथ आहा कति रमाईलो भाको थियो है जिवन तिमी मेरो साथमा हुदा त हरेक पटक मेरो मुटुको धड्कनले तिम्रो नाम लिदै एक मिनेटमा बहत्तर पटक धड्की रहेको हुन्छ एक मिनेटमा मैले तिमीलाई बहत्तर पटक सम्झेको हुन्छु अब एक घण्टा र दिनमा कति पटक सम्झन्छु आफै हिसाब गर है ल ।
हाम्रो समयहरु रमाईलो सँग बित्दै थियो उसको माया र साथ पाउदा म पनि आफुलाई भाग्यमानी सम्झेको थिए भगवान सँग उसलाई मागेको थिए समय पनि सधै एकै किसीमको नहुने रैछ रगत सबैको एकै हो सबैको रातो हुन्छ भन्थे तर हेर्दा रातो हुने रगतको पनि बिभिन्न ग्रुप फरक हुने रैछ मान्छे भए पछि गल्तीहरु त भई नै हाल्छ केही जानी केही नजानी अन्जानमा । यसरी चल्दै थियो हाम्रो जिवन एक दिन प्रेमको फोन आयो खुसी हुदै फोन उठाए तर उता बाट आएको उसको बोली सुन्दा यस्तो लागो की बाँच्नु भन्दा मर्न पाए पो राम्रो संसारमा आफुले सबै भन्दा माया गरेको मन मुटुमा सजाएर राखेको मान्छेले रिसाएर अबदेखि मलाई फोन नगर भन्दा त मुटु त सिसा जस्तै टुक्रा टुक्रा हुने रैछ तैपनि म उसलाई सम्झाउन थाले तर उनले मेरो कुरा सुन्दै नसुनी फोन राखीदियो मन मानेन फेरी फोन रिडायल गरे जवाफ आयो स्वीच अफ अब त यस्तो भयो की एकान्तमा बसेर धेरै रुन मन लागो मुटुमै गोली ले छेडेर गए जस्तो भयो सबै सपनाहरु टुटेर गए भाग्य फुटेर गयो उ म संग छुटेर गयो । उ त म बिना एक्लै बाच्न सक्छ होला तर म त उ बिना एकपल पनि बाच्न नसक्ने भएको छु । आफ्नो जिन्दगी आफैलाई भार भयो मन टुट्यो मेरो माया बालुवामा पानी हाले जस्तो भयो । मन टुक्रा टुक्रा हुदा आफुले आफैलाई सम्हाल्न सकिन फाटेको मन सिलाउन मन लागेन अनयासमै आँखामा आँसु टिलपिल भए मन रोयो म बाहीर रुन सकीन मनमा सजाएर माँया गरेको मान्छेले छोडी जादा बाँच्न गाह्रो हुने रैछ ।
म त पिरतीको दहमा पुरै भासिएको रहेछु माँयाको बल्छीमा परेको रहेछु तोडीएको मन चुडीएको मायाको डोरी उसलाई अञ्जानमै माया गरे आफैलाई पश्चाताप भयो यो सबै सम्झीएर बेस्सरी मन रोयो आँखाबाट दुई थोपा आँसु झारे आफैलाई समहाल्न खोजे आँखाको आँसु पुछे तर भित्री मन रोईरह्यो मनमा बगेको आँसु पुछ्न सकीन धेरै पिडा भयो मुटुमा तर कसैलाई भन्न सकिन भन्नु कसलाई र अब मेरो को छ र यो संसारमा आफ्नो भन्ने र आफुले माया गरेको मान्छे त छोडेर गयो आज ठुलो मुल्य चुकाए मैले कता कता जिन्दगी हार भए जस्तो नुन बिनाको तरकारी जस्तो आफ्नो जिन्दगी आफैलाई भार भयो छटपटी भयो रातमा निन्द्रा लागेन दिनमा भोक लागेन मोबाइलमा फेसबुक चलाउन मन लागेन चौबीस घण्टा साथमा हुने मोबाईल पनि बोक्न मन लागेन उसको यादले झन धेरै सतायो जिन्दगीमा खै कस्तो कस्तो चोटहरु सहनु पर्छ फेरी सोच्छु गजलकारको गजल हैन जिन्दगी चलचित्रको कथा जस्तो हैन जिवन धेरै फरक रहेछ कसैको माया र साथमा उज्यालो हुने जिन्दगी उसैले छोडेर जादा अन्धकार हुनेरैछ पृथ्वीमा सुर्यको प्रकाश नभए जस्तो किन होला उसको मात्र याद आउने आँखा भरि उसकै तस्बिर छाईदिने जति भुल्न खोज्छु तर मान्दैन मन उनकै याद आईरहन्छ। एउटा अधुरो काहानी कसैले देख्दैन मुटुको ब्यथा आँसुले भिजेको सिरानी म प्रेम नदिको कटानी म आज मलाई किन यस्तो भा छ पूर्णिमाको रात पनि औंसी जस्तो लाछ ।
रात सकीएछ उज्यालो भईसकेछ यत्तीकैमा राधिका आएर भनिन उठ्नुस अब चिया ल्याएको छु खानु अनि बेसी खेत स्वाँरोमा गएर मकै भाँचेर लिएर आउनु भन्नु भाछ ममिले हजुर र मलाई म डोको नाम्लो तयार गर्छु तपाई पनि तयार हुनुस फेरी दिऊसो जामुने खेतमा रोपाईमा पनि जानु परो । मैले उनको हातमा भएको चिया समाउदै भने अनि सुन त बुढी लभ परेको रैछ नि, उनले अचम्म मान्दै भनिन हैन निद्रामै बोल्दै हुनुहुन्छ त अनि लभ चाही कस्को परेको नि भन्नुस त सुनुम अनि मैले भने निदाएको बेला सपना देखे ।
अनि मैले देखेको सपनाको त प्रेमसंग खतरा लभ परेको रैछ नि ।
हँ
अँ
सन्तोष थापा
रामेछाप न.पा.१ गोठगाँऊ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )