~अमृत सिङ थिङ~
साँझ उही रात पनि आभास नयाँ थियो
कुमारीत्व सुम्पीने समवास नयाँ थियो
सुस्त सुस्त पाइलाहरु समीपमा हुँदा
यौन लीला डुबुल्कीमा मधुमास नयाँ थियो
इन्च इन्च अङग अङग नापन हुँदै गर्दा
देवी मानी नारी पूजा बदमास नयाँ थियो
ताप बढ्यो गति पनि लाग्थ्यो जित उसैको
जुन तारा सबै उही आकाश नयाँ थियो
बाँकी कसुर नराखेरै जित्न तल्लीन उनी
नियालेए चारकुने घर बास नयाँ थियो
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )