गजल : छाल जस्तो रैछ माया

~निर्मला अवस्थी~Nirmala Awasthi_1

घरी घरी उर्लिरने छाल जस्तो रैछ माया
घुमी फिरी त्यही पुग्ने ताल जस्तो रैछ माया।।

ह्रदयमा बसेपछी बिर्सिहाल्न गाह्रो हुने
जुवाडेको जुवा खेल्ने खाल जस्तो रैछ माया।।

मन मिली मिठो साथ दिन सके सधैभरी
ओत दिने बर्षादको पाल जस्तो रैछ माया।।

जति फोयो उति गाँठो फुकाउन धेरै गाह्रो
माकुरीको अल्झिएको जाल जस्तो रैछ माया।।

जाली माया देखाएर आकाशको तारा झार्ने
झूठो बाचा गर्नेलाई काल जस्तो रैछ माया।।

March 24, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.