लघुकथा : प्रवृत्ति

~यकिना अगाध~

उ धेरै दिनदेखि विमारी पर्यो । औषधीमूलो गर्दागर्दै आफूसँग भएको सबै रकम सक्यो । अब उसँग केवल बसिरहेको छाप्रोको एक चपरी माटो मत्र रह्यो ।

उसले उपचार खर्चको लागि सबैभन्दा पहिला आफन्तसँग हात फैलायो । क्रमशः चिनेजानेका साथीभाइ र गाउँका नामी महाजनहरुसँग । सबैको एउटै उत्तर आउथ्यो– तिमीले त्यत्रा पैसा लिएर कसरी तिर्न सक्छौ र ? तिमीसँग केही आधार नै छैन । तिमीजस्तो कंगाललाई कसरी पत्याउने ? उसको केही सीप चलेन र उपचार खर्च जुटाउन नसकेर मर्यो ।

घाटमा सबैजना भेला भए । आफन्तजन, चिनेजानेका साथीभाइ, गाउँका महाजनहरु । सबैजना लासलाई हेर्दै भन्न थाले– कठै ! कति असल थियो । मर्नै नहुने मान्छे थियो, अकालमै मर्यो विचरा !

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.