~प्रकाश सुनुवार ‘निराकार’~
फुर्सद लिएको लामो समय पछि
पिडादायी निन्द्रा निदाएर विउंझिए पछि
एउटा मान्छे
अहिले अलिकति व्यस्त छ
विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु
अबको बाँकि समयमा पुरा गर्न चाहेको छ
प्राथमिकताको लामो सूचि तयार गरेको छ
पुराना र नयाँ कामहरुलाई समायोजन गर्दै
त्यसको परिणामहरुको परिक्षण गर्दै
आफुलाई लागेको चोटहरुको मुल्याङ्कन गर्दै
मलमपट्टीको व्यवस्था स्वयं आफै गर्दैछ
आफुले आफैलाई सान्त्वना दिइरहेको छ
उनको पक्षमा बोल्न र सोंच्न कसैको फुर्सद छैन
त्यसैले उ लामो समयपछि
व्यस्त भएको छ
निडर भएर लागिपरेको छ
प्रतिबद्ध भएर उभिएको छ
कटिबद्ध भएर अगाडी बढिरहेको छ
किनकी उनले शत्रुहरुको
अन्त्यको तय गरिसकेको छ
जो उनलाई फुर्सद दिएर
उसैको हातमा हतकडी लगाएर मोज लुटिरहेका थिए
जो उनलाई निदाउन लगाएर शोसन गरिरहन पल्केका थिए ।
एउटा व्यस्त मान्छे
अत्यन्तै व्यस्त छ
सुचनाहरु लिने अनि पठाउने काम तिब्रगतिमा चलेको छ
प्राप्त पत्रहरु खोलेर पढिरहेको छ
प्रतिउत्तरहरु पनि लेखेर पठाइरहेको छ
बेफुर्सद छ उ
अरुले सोंचेको भन्दा बेहद व्यस्त छ
उनको व्यवस्ततालाई
कसैले व्यंग्य गर्ने गरेको छ
उनले आप्mनो कानून आफैले लेख्ने जमर्को गर्दा
हाँसोको पात्र बनाइएको छ
आप्mनो शासक आफै बन्ने
आफु फेरिपनि पुराना शोषकहरुको
कायर मस्तिस्कको जंजीरले
वन्दी नबनिने संकल्प गरिरहेको छ
उनको संकल्पले सामन्तीहरु झस्किएका छन्
संकलित सूचनाहरुलाई
गायब गराउन खोजेका छन्
उनले लेखेका प्रतिउत्तरहरुलाई
अराजक भनेर हल्ला पिटिरहेका छन्
उनको व्यस्तता अर्थहिन छ भनेर
अफवाह फैलाइरहेका छन्
प्रमुख मुद्धाहरुलाई अन्त्यै कतै मोड्न खोजिरहेका छन्
तर पनि यसपटक
एउटा मान्छे अल्मलिएको छैन
लगातार आप्mनो काममा जुटेको छ
आप्mनो काम चिनेको छ
आप्mनो शत्रुलाई प्रष्टसंग पहिचान गरेको छ
आप्mनो खुट्टामा उभिन खोजेको छ
उनको छातीमा टेकेर उभिने
दलालहरुको खुट्टाहरु पन्छाउन खोजिरहेको छ
किनकि उ दलालहरुलाई परास्त गरेर
सिंगो समाजलाई दरिलो वनाउन खोजिरहेको छ
त्यसैले सारा काम फत्ते गर्न
एउटा मान्छे अत्यन्तै व्यस्त बनेको छ ।
(२५ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)